विपक्षीको सक्रिय बहिस्कारका बीच क्यामरूनमा निर्वाचन
नेपालबहस संवाददाता
माघ २७, २०७६ सोमबार १२:४५:०
२७ माघ, काठमाडौं । विपक्षी दलको निर्वाचन बहिष्कार र स्वतन्त्रतावादी आन्दोलन र हिंसाबीच लाखौँ क्यामरूनवासीले आइतबार मतदानमा सहभागिता जनाएका थिए । विपक्षीको सक्रिया बहिस्कार र सशक्त प्रतिरोधका कारण निर्वाचन छायाँमा परेको देखिएको अन्तराष्टि« य समाचार माध्यमहरूले जनाएका छन् ।
मध्य अफ्रिकी देशको व्यवस्थापिका र स्थानीय काउन्सिलको लागि दुई पटकसम्म निर्वाचन मिति सरेपछि सात वर्षमा पहिलो पटक निर्वाचन भएको हो । प्रमुख विपक्षी दल ‘मुभमेन्ट फर द रिवर्थ अफ क्यामरूनले निर्वाचनको बहिस्कार गर्दै एक जना पनि आफ्नो उम्मेदवार उठाएको थिएन । विपक्षीको सक्रिय बहिस्कारका कारण विश्वको सबैभन्दा पुरानो र सबैभन्दा लामो समय सेवा गर्ने नेताहरूमध्ये एक राष्ट्रपति पाउल बियाको शासनलाई थप लम्ब्याउनका लागि सहज परिस्थिति देखिएको छैन ।
प्रतिपक्षी दल नै सहभागी नभएपछि निर्वाचनको आधिकारिकतामाथि नै प्रश्न उठेको छ । छयासी बर्षीय पाउलले कुल ३७ वर्ष क्यामरूनको सत्ताको नेतृत्व गरेका छन् । निर्वाचनलाई सम्पन्न गर्न सरकारले ठूलो सङ्ख्यामा प्रहरी र सेना परिचालन गरेको भएपनि ठाउँठाउँमा भिडन्त भएका खबरहरू आएका छन् । तर मतदान केन्द्रमा भने निर्वाचन चलेको करिब छ घण्टासम्म कुनै अप्रिय घटना नघटेको सरकारी अधिकारीहरूले दावी गरेका छन् ।
विपक्षीहरूले निर्वाचनमा सहभागिता नजनाउनका लागि ठाउँठाउँमा अबरोध खडा गरेका स्थानीय सञ्चारमाध्यमहरूमा बताइएको छ । राजधानी याउन्डेमा मतदानको लागि खासै उत्साह देखिएको छैन भने राजधानीबाहिर पनि सहभागिता उल्लेखनीय नदेखिएको पर्यवेक्षक समूहहरूले बताएका छन् ।
मतदाताहरू बिहानको समयमा सामूहिक रूपमा आएका थिए तर दिउँसो गर्मीका कारण उल्लेख्य उपस्थिति नभएपनि एक अधिकारीले बताएका छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
असार १९, २०८१ बुधबार
गाजामा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा यात्रा नगर्न अपिल
असार २०, २०८१ बिहिबार
विश्वकप विजेता भारतीय क्रिकेट टिमसँग प्रधानमन्त्री मोदीको लन्च भेट
असार २०, २०८१ बिहिबार
सहकारी ठगीका विषयमा छलफल गर्न छानबिन समितिले बोलायो प्रहरी प्रमुख र गृहसचिव
असार २०, २०८१ बिहिबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार