दिल्लीको हावामा प्रदुषणको मात्रा असाध्यै धेरै, स्वास-प्रसवासमा नै खतरा उत्पन्न
नेपालबहस संवाददाता
माघ २६, २०७६ सोमबार ५:१५:६
२६ माघ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषण स्तर ‘अत्यन्त कमजोर’ बन्दै गइरहेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले आज बताएको छ । दिल्लीमा वायु गुणस्तर सूचकाङ्क उक्त क्षेत्रको औसत ३०१ अङ्कमा पुगेको देखिएको छ ।
त्यस्तै दिल्लीसँगै जोडिएको उत्तर प्रदेशको नोएडाको आसपासमा वायुको प्रदुषण दिल्लीको भन्दा अझ बढी रहेको केन्द्रले जनाएको छ । नोएडामा वायुको गुणस्तर सूचकाङ्क ३१९ पुगेको जनाइएको छ ।
केन्द्रका अनुसार वायुको गुणस्तर शुन्यदेखि ५१ अङ्कसम्म भएमा राम्रो, ५१–१०० सम्म सन्तोषजनक, १०१–२०० सम्म मध्यम र २०१–३०० सम्मलाई कमजोर मानिन्छ । त्यस्तै ३०१–४०० सम्म अत्यन्त कमजोर ४०१–५०० अङ्कलाई चिन्ताजनक वा खतराजन्य मानिने केन्द्रले बताएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले हावाको गुणस्तर फेब्रुअरी १० मा यस बर्षको सबैभन्दा उच्च विन्दुमा पुग्ने र त्यसपछि क्रमशः यसमा सुधार आउने बताएको छ ।
प्रदुषणको प्रमुख स्रोत, पीएम २.५ र पीएम १०, क्रमशः २०३ र २१४ पुगेको छ । यी दुबै विन्दु ‘कमजोर’ गुणस्तरलाई जनाउँछ । लोधी सडक खण्डमा वायुको गुणस्तर नयाँ दिल्ली क्षेत्रमा सबैभन्दा कमजोर अवस्थामा रहेको वायु प्रदुषण सुचकाङ्क तथ्याङ्कले देखाएको छ ।
दिल्लीको प्रसिद्ध बजार क्षेत्र चाँदनी चोकमा ‘निकै कमजोर’ ३३६ अङ्कमा पुगेको छ भने मथुरा रोडमा ३१५ अङ्कमा पुगेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले जनाएको छ । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार