उपत्यकाको ट्राफिक व्यवस्थापन थप प्रविधि मैत्री बनाइने
नेपालबहस संवाददाता
माघ २७, २०७६ सोमबार १२:०:५३
२७ माघ, काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाका ट्राफिक व्यवस्थापनका लागि प्रविधिमा जोड दिनेभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजो पत्रकार सम्मेलन गरी उपत्यकामा बढ्दै गएको ट्राफिक चापलाई व्यवस्थापन गर्न ट्राफिक लाइट, अनलाइन, एफएमको क्षमता अभिवृद्धिमा जोड दिन लागेको जानकारी दिएको हो ।
सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले प्रविधिमैत्री ट्राफिक व्यवस्थापन अहिलेको आवश्यकता भएको बताए । “प्रविधिमार्फत ट्राफिक जनचेतना अभिवृद्धि कार्यलाई व्यापक बनाउँछौँ”, उनले भने ।
महाशाखाले सडक पूर्वाधार विकासका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै पैदलयात्रु दुर्घटना न्यूनीकरण गर्दै लैजाने बताएको छ । सवारीसाधन बिक्रेताले खरिदकर्तालाई सवारी नियम पालना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर मात्र बिक्री गर्ने व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख ढकालले तेस्रो चरणको युवा स्वयम्सेवक परिचालन कार्यक्रम व्यापक बनाउँदै लैजाने बताए । विद्यालयमा ट्राफिक चिल्ड्रेन पार्क बनाउनका लागि पहल गर्ने उनको भनाइ थियो ।
उनले रुट अनुमति वितरण प्रणालीमा सुधार र व्यवस्थापनको लागि समन्वय र अध्ययन गर्नुका साथै ज्येष्ठ नागरीकलाई सार्वजनिक यातायातमा विशेष व्यवस्थाको लागि समन्वय एवं पहल गरिने उल्लेख गरे । महाशाखाले ट्राफिकमैत्री सडकका लागि ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनालाई कार्यान्वयन गरी पूरा गरिनेसमेत बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार