सामान्य वृद्धि भएको बजारमा टेवा प्रतिरोध कहाँ ?
आर्थिक संवाददाता
माघ २७, २०७६ सोमबार २१:५९:३५
२७ माघ, काठमाडौं: साताको दोश्रो कारोवार दिन नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । हिजाे १३ दशमलव ७० अंकले घटेकाे बजारले आज दोश्रो बजार परिसूचकमा ४ दशमलव २८ अंकको वृद्धि देखाएकाे छ । आज २३ लाख ६० हजार कित्ता शेयर खरीद बिक्री भएकोमा कारोवार रकम भने ९३ करोड २० लाख पुगेको छ ।
बजारलाई मुख्य ड्राइभ गर्ने वाणिज्य बैंकको उपसुचकमा सामान्य अंकको वृद्धिसंगै बजारलाई टेवा पुगेको देखिन्छ । आज माईक्रोफाईनान्स उपसुचकमा सर्वाधिक वृद्धि हुँदा हाईड्रोपावर उपसुचकमा सर्वाधिक गिरावट आएको छ ।
बजार १३२० दशमलव ७७ को विन्दुमा खुलेकोमा १३२९ दशमलव ८५ को उच्च विन्दु सम्म पुगेको थियो। बजारले १ बजेर ४० मिनेटमा उच्च विन्दु समातेको थियो । त्यस्तै बजारले १२ बजेर ११ मिनेटमा १३१५ दशमलव ३७ को न्यून विन्दु सम्म पुगेको थियो ।
आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १३३० पहिलो टेवा : १३१५
- आज नेप्से बढ्दो प्रवृत्तिमा रहेको छ। कारोबार रकम भने हिजोभन्दा २ करोडले कम रहेको छ ।
- आजको मैनबत्तीले तल्लो भागमा “स्पिनिङ्ग टप”को चित्र बनाएको छ। यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गर्दछ ।
- दैनिकी अवधिमा “आरएसआई” ६१ दशमलब ३४ को बिन्दुमा छ । आरएसआईको प्रवृत्तिले बजार बढी हाल्ने जानकारी गराएको देखिन्दैन ।
- “एडिएक्स” तथा जोड र बेजोड “डाइरेक्सनल इन्डेक्स”हरुले क्रेताको चाप कमजोर भएको जानकारी दिएको छ ।
- बजारको प्रवृत्ति र “अन ब्यालेन्स भल्यूम” एक आपसमा समर्थन भएको देखिन्दैन ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १३३० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३१५ को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार