आज ए डिभिजन लिगमा तीन वटा खेल हुँदै
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १४:४८:२९
२८ माघ काठमाडौं । शहीद स्मारक ‘ए डिभिजन लिग’अन्तर्गत मङ्गलबार तीन वटा खेल हुँदैछ । पहिलो खेलमा उपाधिको दाबेदार त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइज ‘बीबीसी’ सँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा थ्री स्टारले न्युरोड टिम एनआरटीसँग खेल्नेछ भने तेस्रो खेलमा नेपाल पुलिसले मनाङ मर्स्याङ्दीको सामना गर्दैछ ।
सातदोबाटोको एन्फा मैदानमा बिहान पौने नौ बजे हुने पहिलो आर्मीले बीबीसीलाई पराजित गरेमा फेरि शिर्ष स्थानमा उक्लनेछ । यसका साथै उपाधिका लागि लिगको अन्तिम खेलमा मच्छिन्द्रको खेलले उपाधिको छिनोफानो गराउनेछ ।
मच्छिन्द्रभन्दा दुई अङ्कले पछाडि रहेको आर्मी पहिलो पटक ए डिभिजन लिग जित्ने सङ्घारमा रहेको छ । ब्रिगेड ब्याइज भने अङ्क तालिकाको १२औँ स्थानमा रहेको छ । मङ्गलबार नै हुने दोस्रो खेलमा लिगको चौथो स्थानमा रहेको थ्री स्टारले एनआरटीसँग खेल्नेछ । उपाधिको होडबाट बाहिरिसकेको थ्री स्टारले एनआरटीविरुद्ध जित निकाल्न सके शीर्ष ६ को यात्रा पक्क गर्नेछ ।
थ्री स्टारले ११ खेलमा ६ मा जित निकाल्दै २० अङ्क बनाएको छ । त्यस्तै शीर्ष ६ मा रहने प्रयासमा रहेको एनआरटी थ्री स्टारविरुद्ध ‘सरप्राइज’ नतिजा निकाल्ने लक्ष्यमा छ । ११ खेलमा पाँच जितमा हासिल गरेको एनआरटीको १५ अङ्क छ ।लिगअन्तर्गत मङ्गलबारको अन्तिम खेलमा नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । लिगको तेस्रो स्थानमा रहेको मनाङ विभागीय टिम पुलिसविरुद्ध तीन अङ्क बटुल्दै आफूलाई शीर्ष तीनमा राख्ने लक्ष्यमा हुनेछ ।
यस्तै लिगको छैटौं स्थानमा रहेको पुलिस भने मनाङविरुद्ध तीन अङ्क खोस्ने लक्ष्यमा छ । यो खेलमा मनाङविरुद्ध जित निकालेमा पुलिसको शीर्ष ६ रहने सम्भावना बलियो हुनेछ । पुलिसको ११ खेलमा १७ अङ्क छ भने मनाङको ११ खेलमा २२ अङ्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार