कोरोना भाइरस : एक हजार ११ जनाको मृत्यु
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १५:५४:३३
२८ माघ एजेन्सी । चीनको हुबेइ प्रान्तको वुहान शहरमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको नोवेल कोरोनाको संक्रमणका कारण हालसम्म चीनमा एक हजार ११ जनाको मृत्यु भएको चीनका स्वास्थ्य अधिकारीले बताएका छन् ।
हुबेइ प्रान्तमा नोवेल कोरोनाका कारण मृत्यु हुनेको संख्या सोमबार एकै दिन १०३ ले बढेको हो । यसअघि आइतबार एकैदिन ९७ जनाको ज्यान गएको थियो । तर नयाँ संक्रमणको दर भने आइतबारको तुलनामा सोमबार २० प्रतिशतले कम भएको छ । हुबेइको स्वास्थ्य संगठनका अनुसार सोमबार थप दुई हजार ९७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । आइतबार यो संख्या २६ सय १८ थियो ।
नोवेल कोरोना भाइरसका कारण समस्याग्रस्त बनेको चीनमा विश्व स्वास्थ्य संगठनले अध्ययनका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको टोली पठाएको छ । सो टोली हाल बेइजिङ्ग पुगेको जनाइएको छ । चीनमा हालसम्म ४२ हजार २०० जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सन् २००२–०३ मा फैलिएको सार्स संक्रमणपछि चीनले बेहोरेको यो सबैभन्दा ठूलो स्वास्थ्य संकट हो ।
नोवेल कोरोनाको अवस्था सार्सको भन्दा भयावह बनेको छ । डब्लुएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । हुबेइको स्वास्थ्य संगठनका अनुसार सो प्रान्तमा मात्रै अहिलेसम्म ३१ हजार ७२८ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राज्यमा यसका कारण अहिलेसम्म ९७४ जनाको मृत्यु भएको छ ।
नोवेल कोरोनाको संक्रमण भएका मध्ये तीन प्रतिशतको ज्यान गएको छ । एक करोड १० लाख भन्दा बढी मासिनको बसोबास रहेको वुहानमा धेरैको ज्यान गएको हो । यसैबिच चीनका राष्ट्रपति सी जिनपिङले नोवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि दुर्लभ जस्तै बनेको सार्वजनिक उपस्थिति सोमबार तोडेका छन् ।
उनी बेइजिङ्गको एक अस्पतालमा गएर कोरोना संक्रमणको उपचार प्रक्रिया निरीक्षण गरेका छन् । राष्ट्रपति सीले नोवेल कोरोनाको संक्रमण रोक्नका लागि थप प्रभावकारी उपाय अपनाइने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार