कुमारी बैंकको निक्षेप संकलन र कर्जा लगानीमा निरन्तर बृद्धि हुदाँ मुनाफा १९ प्रतिशतले बढ्यो
आर्थिक संवाददाता
माघ २९, २०७६ बुधबार २०:६:४७
२९ माघ, काठमाडौं । मुलुकका प्रतिष्ठित उधोगपति एवं व्यवसायीहरुको सहभागितामा खुलेको कुमारी बैंक नेपालको १५ औं बाणिज्य बैंक हो । आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको यस बैंकले शुरुवातदेखि नै राष्ट्रिय अन्तर्राष्ट्रिय भिसा कार्ड प्रदान गर्दै आएको छ । पछिल्लो समय देब बिकास बैंकलाई गाभ्ने क्रममा रहेको कुमारी बैंकको अध्यक्षमा अमिरप्रताप ज.व. राणा रहेका छन् भने संचालक सदस्यहरुमा कृष्णप्रसाद ज्ञवाली, महेशप्रसाद पोखरेल, अनुराधा चौधरी र गणेशप्रसाद पाठक रहेका छन् ।
यसैगरि बैंकको उच्च व्यवस्थापनमा कुशल बैंकर सुरेन्द्र भण्डारी सीईओको रुपमा कार्यरत छन् । बैंकको डेपुटी सीईओमा अनुजमणि तिमिल्सिना, राजीव गिरी र उमेशसिंह भण्डारी कार्यरत रहेका छन् । डेपुटी सीईओ राजीव गिरी लामो समयदेखि बैंकको उच्च व्यवस्थापनमा कार्यरत छन् । कुशल बैंकर गिरी साढे दुई बर्ष त यस बैंकको कामु सीईओको रुपमै कार्यरत थिए । गिरी स्ट्याण्डर्ड चाटर्ड बैंकका क्याडर हुन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा अंगिरमान सिंह, मनिष तिमिल्सिना, रामचन्द्र खनाल लगायतको सशक्त टीम रहेको छ ।
समयमै वार्षिक साधारणसभा :
कम्पनीले यसपटक असोज ११ गते १९ औं वार्षिक साधारणसभा गर्दै १० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको थियो । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले ८ दशमलव ५ प्रतिशत बोनस शेयर मात्र प्रदान गरेको थियो । असोज भित्र नै वार्षिक साधारण सभा सम्पन्न गर्दा कम्पनी संस्थागत सुशासनमा राम्रो रहेको प्रस्ट देखिन्छ ।
लाभांशको ईतिहास:
कस्तो आयो दोश्रो त्रैमास ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अर्थात ६ महिनाको अवधिमा बैंकले ८० करोड ३० लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ६७ करोड ६२ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा यसपटक १९ प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा राम्रो वृद्धि :
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा २० प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ८२ करोड खुद व्याज आम्दानी गरेको छ । त्यस्तै, संचालन मुनाफा १७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १३ करोड पुगेको छ ।अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले ९६ करोड ६० लाख संचालन मुनाफा गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले दोश्रो त्रैमासमा १६ करोड ९७ लाख कर्जा जोखिम शिर्षकमा व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १३ करोड ९ लाख सो शिर्षकमा व्यवस्थापन गरेको छ ।
प्रतिशेयर आम्दानी १७ रुपैयाँ नजिक :
कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैया ८१ पैसा हुन् आउछ । चुक्ता पुँजी १० प्रतिशतले वृद्धि भएको अवस्थामा त्यो भन्दा धेरै प्रतिशतले खुद मुनाफा वृद्धि गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि देखिएको हाे ।
नोट: माघ २७ गतेको बजार मूल्य
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १३० रुपैयाँ ६४ पैसा हुन आउँछ ।
निक्षेप कर्जामा राम्रै वृद्धि :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ८० अर्ब ६७ करोड निक्षेप संकलन गरी ८० अर्ब ९२ करोड कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १० प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ११ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष बढ्यो, संचित मुनाफा घट्यो :
जगेडा कोष ७ प्रतिशतले वृद्धि हुँदै २ अर्ब २४ करोड पुगेको छ भने संचित मुनाफा २३ प्रतिशतले कम हुँदै ६८ करोड २८ लाख पुगेको छ ।
निस्क्रिय कर्जा घट्यो :
कम्पनीको खराब कर्जा १ दशमलव ०४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमास सम्म खराब कर्जा १ दशमलव २२ प्रतिशत थियो ।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही घट्दै १० दशमलव ४५ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्ष आधार व्याजदर ११ दशमलव ५५ प्रतिशत थियो ।
स्प्रेडदर ५ प्रतिशत भन्दा कम
व्याजदर अन्तर ५ प्रतिशत भन्दा कम छ । बैंकको प्रकाशित स्प्रेडदर ४ दशमलव ३७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ३ दशमलव ३८ प्रतिशत थियो ।
अन्य सूचक:
बैंकको कर्जा र निक्षेपको अनुपात “सीसीडी अनुपात” ७८ दशमलव ६१ प्रतिशत रहेको छ ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १२ गुणा भन्दा कम :
कम्पनीको माघ २७ गतेको बजार मूल्य १९६ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ११ दशमलव ६६ गुणा आउँछ ।
वास्तविक मूल्य (ग्राम नम्बर ) :
बेन्जामिन ग्रामको सुत्रलाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य २२२ रुपैया प्रति कित्ता हुन् आउँछ । कम्पनीको बजार मूल्य ग्राम नम्बर भन्दा कम छ।
निष्कर्ष :
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले राम्रो प्रगति गर्न सफल भएको छ । प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीदेखि मुनाफामा कम्पनीले राम्रो वृद्धि गर्न सकेको छ । स्प्रेडदर ५ प्रतिशत भन्दा मुनी रहेकोमा बैंकलाई अन्य वाणिज्य बैंकको तुलनामा स्प्रेड घटाउने चुनौती देखिदैन ।
बैंकले निक्षेप संकलन र कर्जा प्रवाहलाई पनि निरन्तर वृद्धि गर्दै लगेको देखिन्छ । पुँजी वृद्धिसंगै खुद मुनाफालाई पनि राम्रो वृद्धि गर्दै लगेकोले बैंकले प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सकेको छ, जसलाई सकारात्मक रुपमा लिन सकिन्छ। त्यस्तै मूल्य आम्दानी अनुपात १२ गुणा भन्दा कम हुनुलाई पनि लगानीको लागि राम्राे मानिदै आएको अंक हो ।
विगत ५ आर्थिक वर्षको निक्षेप , कर्जा र आम्दानीको तथ्यांक :
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ । – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार