फुटबलका राजा जसलाई अहिले हिँडडुल गर्न ह्वीलचेयर अनिवार्य !
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १८:१५:३६
२८ माघ एजेन्सी । ब्रजिलका महान् फुटबल खेलाडी पेले अचेल बिनासहारा हिँडडुल गर्न नसक्ने भएका छन् । पेलेका छोरा एडिन्योका अनुसार हिजोआज उनी घरबाहिर निस्किन पनि सङ्कोच मान्छन्।
तीन पटक विश्वकप विजेता तथा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी मानिएका पेलेलाई गत वर्ष मूत्रनलीमा सङ्क्रमण भएपछि अस्पताल लगिएको थियो। उनन्सत्तरी वर्षीय पेलेलाई केही समययता कम्मरमा समस्या देखिएको छ। उनलाई हिँडडुल गर्न फ्रेमको सहारा आवश्यक पर्छ।
गएको वर्ष युरिनरी इन्फेक्सन भएपछि उनलाई अस्पताल लगिएको थियो । अहिले उनको कम्मरमा पनि समस्या आएको छ । जसका कारण उनी अरुको सहयोगबिना यताउता पनि हिँड्न सक्दैनन् । उनलाई ह्वीलचेयर अनिवार्य जस्तै भइसकेको छ । केही सार्वजनिक कार्यक्रमहरुमा पनि पेले ह्वीलचेयरमा देखिएका छन् ।
पेलेले करियरमा कुल १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरेका छन्, जुन कीर्तिमान अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । तीन पटक ब्राजिललाई विश्वकपको उपाधि जिताएका पेलेले ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोलसमेत गरेका छन् ।
पछिल्लो समय उनको स्वास्थ्य अवस्था दयनीय बन्दै गइरहेको छ । ‘एउटा राजा जसलाई अहिले हिँड्न पनि सहारा चाहिन्छ, यो अवस्था उनलाई सह्य छैन,’ पेलेका छोराले भने । ‘उनी अहिले कमजोर भएका छन्। उनको कम्मरको समस्याका कारण हिँडडुल गर्न निकै कठिन छ । जसका कारण उनलाई डिप्रेसन जस्तै भएको छ,’ इडिन्होले थपे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने
कात्तिक २९, २०८१ बिहिबार
यु–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज युएईसँग खेल्दै नेपाल
कात्तिक २८, २०८१ बुधबार
लुम्बिनी लायन्समा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार