बट्टाइपालनमा मनग्य आम्दानी, अण्डामा भन्दा मासुमा बढी ग्राहकको आकर्षण
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १९:१:५६
२८ माघ रामपुर । रामपुर नगरपालिकामा बट्टाईंपालन शुरु गरिएको छ । रामपुर नगरपालिका–७ सिरुपाटाका युवक आभाष भट्टराईले यस क्षेत्रमा पहिलोपटक बट्टाई पाल्न शरु गरेपछि अवलोकन गर्नेको आकर्षण बढ्दो छ ।
शहीद बहुमुखी क्याम्पस स्नातक तह चौथो वर्षमा व्यवस्थापन सङ्कायमा अध्ययन गरेका भट्टराईले गत भदौदेखि काठमाडौंबाट चल्ला ल्याएर रामपुरमा नयाँ व्यवसायको रुपमा व्यवसाय शुरु गरेका हुन्। एक हजार दुई सय चल्लाबाट व्यवसाय सञ्चालन गर्नुभएका भट्टराई दोस्रोपटक आठ सय, तेस्रोपटक एक हजार दुई सय थप गरी बिक्रीसमेत गरिसकेका छन् । पुनः एक हजार चल्ला थप्ने तयारी गरेका छन्।
एकवटा चल्ला रु ६० मा खरिद गरी ६० दिनको समय भएपछि भाले २५०, पोथी ३५० मा र प्रतिअण्डा रु १० मा बिक्री भइरहेको उनले बताए । “रामपुरका ठूला होटलबाट बढी माग आउने गरेको छ, स्वास्थ्यका लागि फाइदाजनक भएकाले पनि खोजीखोजी लैजाने गरेका छन्, आम्दानी पनि राम्रै हुँदोरहेछ”, भट्टराईले अनुभव सुनाए ।
फार्म व्यवस्थापन र चल्ला खरिदमा गरी करीब रु १५ लाखको लगानी व्यवसायमा परेको छ । अण्डामा भन्दा पनि मासुमा बढी ग्राहकको आकर्षण छ । एक हजार बट्टाईं बिक्री गर्दा रु एक लाख फाइदा हुने गरेको उनी बताउछन ।
रामपुर नगरपालिका–८ दध्रा बस्ने वसन्त पुलामीले पनि बट्टाईंपालन शुरु गरेका छन् । पाँच महिनाअघि परीक्षणका रुपमा १५० चल्लाबाट व्यवसाय शुरु गरेका पुलामीले बजार राम्रै लिएपछि थप गर्ने सोच बनाए । “माग राम्रै आएपछि व्यवसाय थप गर्ने तयारी गरेको छु, सोचेभन्दा राम्रो माग आएको छ, राम्रोसँग गरियो भने यसबाट मनग्य कमाई गर्न सकिँदोरहेछ”, पुलामीले भने ।
मासुको तुलनामा अण्डा भने कम बिक्री हुने गरेको व्यवसायीहरु बताउँछन् । बट्टाईंपालन आर्थिक तथा स्वास्थ्यका हिसाबले निकै नै उपयोगी मानिन्छ । यिनीहरुसँग रोग प्रतिरोधात्मक क्षमता धेरै नै हुने भएकाले औषधि खर्च न्यून हुन्छ ।
पन्छीपालनमा ७० प्रतिशत लगानी दानामा लागेता पनि यसमा दानामा लागत खर्च पनि निकै नै कम रहेको छ । जिउँदो चराको एक रुपैयाँ प्रतिग्राम पाइने यो चरा २८ दिनदेखि बेच्न योग्य हुने र औसत तौल एक ५० ग्राम ९२०० ग्राम सम्मको हुन्छ । बट्टाईंले एक महिना पुगेपछि नै अण्डा दिन थाल्छ । यसका अण्डाहरु साना–साना भएता पनि पौष्टिक तत्वले भरिपूर्ण रहेका हुन्छन् ।
बजारमा एक अण्डा प्रतिगोटा रु १० सम्म बिक्री हुन्छ । यसको मासु बाथ रोग र मुटुरोगका लागि उत्तम मानिन्छ । मासुमा कम चिल्लो पदार्थ, भिटामिन ए, बी, डी, ई, के र शरीरका लागि चाहिने आवश्यक खनिज पदार्थ पाइन्छ ।
मासुको स्वाद फरक हुने कारणले कसैलाई मन नपर्ने र कसैलाई औधी नै मनपर्ने हुन्छ । बट्टाईं जङ्गलमा बस्ने उड्ने चराको जात भएकाले भाग्ने समस्या र बढी घाइते हुने समस्या देखापर्ने गरेको व्यवसायीहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार