प्रहरी महानिरीक्षक खनालको आज अनिवार्य अवकाश, सचिव नियुक्त गर्न मन्त्रिपरिषदको बैठक बस्दै
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १९:४५:३८
२८ माघ, काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी)को रुपमा कमाण्ड सम्हालेको करिब २२ महिना पछि आज आईजीपी सर्वेन्द्र खनालले अनिवार्य अवकाश लिँदै छन् । सोही कारण भोलि माघ २९ बाट रिक्त हुन लागेको सो पदमा हाल कायम रहेका प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीलाई आधिकारीक रुपमा नियुक्ती गर्न र खालि रहेका केही मन्त्रालयका सचिव तोक्ने तयारी भइरहेको छ । त्यसका लागि अहिले कार्यरत सह–सचिवहरुको बढुवा काहाँ गर्ने भन्ने विषयमा छलफल गर्न मन्त्रीपरिषद बैठक बस्ने भएको छ ।
स्रोतका अनुसार :– सचिव पदपूर्ति गर्न आज अपरान्ह मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक लगायत रिक्त केही मन्त्रालयका सचिव सकेत तोक्ने तयारी थालिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार, डिआइजी ठाकुर ज्ञवालीलाई महानिरीक्षक बनाउने गरी प्रस्ताव बनाउन बिहानै बसेको बैठकले गृह मन्त्रीलाई निर्देशन दिइसकेको छ । सोही बमोजिम भोलिबाटै ज्ञवालीले जिम्मेवारी सम्हाल्ने छन् ।
आईजीपी सर्वेन्द्र खनाल आजैबाट अवकाश भइसकेका छन् । आईजीपीका लागि ज्ञवालीका साथै समकक्षी डिआइजी तारणीप्रसाद लम्साल पनि चर्चामा थियो । तर प्रधानमन्त्रीको रोजाईमा ज्ञवाली परिसकेकाले अब त्यसको विकल्प नखोजिने स्रोतले भनेको छ ।
शान्ति, सुरक्षा र अमनचयनको पहिलो घेरामा उभिएर सेवा प्रवाह गर्ने प्रहरीको २७ औँ प्रहरी महानिरीक्षकमा ‘को कार्यकाल चारवर्षे भए पनि यसपटक आइजीपी बन्नेको कार्यकाल जम्मा पाँच महिनाको मात्रै हुनेछ । यसपटक भने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु प्रहरी महानिरीक्षक खनालसँगै अवकाश हुँदै छन् । त्यसकारण डिआईजीमध्येबाटै महानिरीक्षक बनाउन लागिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातको पनि आजै अनिवार्य अवकाश हुँदैछन् ।
उनीहरुसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआईजी)सहित आज २२ जनाको अवकाश हुने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । अवकाश पाउन लागेका डिआइजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति रहेका छन् ।
यसपटक प्रहरी महानिरीक्षको लागि प्रदेश नं १ का प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक तारिणी लम्सालकाे चर्चा भएकाे थियाे । उनीहरु दुवैले २०४७ साल असार २५ मा एकै पटक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।
दुवै जनाको सेवा अवधि आगामी असार महिना सम्मको छ । महानिरीक्षकमा ज्ञवालीको फाइल अघि बढिसकेको छ । आजै मन्त्रिपरिषद्ले निर्णय गर्ने तयारी थालेकाे छ । अर्का प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्याय ढिला बढुवा भएकाले प्रतिस्पर्धामा कमजोर बन्न पुगेका छन् ।
हालका प्रहरी महानिरीक्षक खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा उनीहरुको नाम वैकल्पिक उम्मेदवारका रुपमा निस्किएको थियो । त्यसकारण उनीहरु पाँच महिना ढिला गरी नियुक्ति भएका थिए । प्रहरी नियमावलीमा भएमा एआईजी र एआईजी नभए डिआईजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने प्रावधान छ । कार्यम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता, अनुभवलगायत विभिन्न मापनका आधारमा बढुवा हुन्छ ।
नियमावलीमा प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सकिने उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयमा आजै प्रहरी महानिरीक्षको बिदाइ गर्दैछ । बुधबार नयाँ प्रहरी महानिरीक्षकको स्वागतको तयारी गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा
मंसिर २४, २०८१ सोमबार
५ सय ५८ ग्राम सुनसहित काभ्रेबाट २ जना पक्राउ
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार