इमान्दारितापूर्वक जिम्मेवारी बहन गरेकाले उपलब्धि हासिल : प्रहरी महानिरीक्षक
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार २३:४५:१२
२८ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आन्तरिक शुद्धीकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट हुन सफल भएको बताएका छन्।
प्रहरी प्रधान कार्यालय परिसरमा नवनिर्मित अडिटोरियम भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले कानून कार्यान्वयन गर्ने क्रममा कसैको प्रभाव र दबाबमा नपरी प्रहरी कर्मचारीले निष्ठापूर्वक एवं इमान्दारिताका साथ जिम्मेवारी बहन गरेकाले उपलब्धि हासिल भएको प्रतिक्रिया दिए।
आफ्नो कार्यकालमा सङ्गठनको सुधार एवं आन्तरिक सुदृढीकरणको लागि सदैव क्रियाशील रहेको जिकिर गर्दै उनले प्रहरी अधिकृत तथा जवानको मनोबल उच्च बनाउन आफ्नो प्रयासमा कमी नगरेको बताए। उनले आजै महानगरीय प्रहरी पहरा गण सामाखुशी परिसरमा नवनिर्मित ब्यारेक भवनको समेत उद्घाटन गरेका थिए।
प्रहरी महानिरीक्षक खनालले आफ्नो ३० वर्षे सेवा अवधिमा प्रहरी कै शिर उँचो पार्ने प्रयास गरिएको बताए। प्रहरी महानिरीक्षक खनाल ३० वर्षे सेवा अवधिका कारण आज अनिवार्य अवकास लिँदै छन्। उनले सेवापश्चात् पनि भ्रष्टाचार विरोधी कार्य तथा समाजको उन्नतिका लागि आफू सदैव क्रियाशील रहने विचार व्यक्त गरे । उनले नागरिक समाजमा रहेरसमेत सङ्गठनको श्रीवृद्धिमा लाग्ने प्रतिबद्धता जनाए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार