यमनमा मानवीय सङ्कट विश्वको सबैभन्दा जटिल विन्दुमा
नेपालबहस संवाददाता
माघ २९, २०७६ बुधबार १३:३१:३२
२९ माघ एजेन्सी । द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र यमनमा मानवीय सङ्कट विश्वको सबैभन्दा जटिल विन्दुमा पुगेको राष्ट्रसङ्घले बताएको छ । मङ्गलबार यमनका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय मानवीय समन्वयकर्ता लीज ग्रान्डेले भने, यमनमा विशाल जनसङ्ख्या दाताहरूको सहयोगको पर्खाइ गर्नुको विकल्प नै छैन ।
उनले भने, “मानवीय सहयोगका लागि यमनमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले त्यस्तो वातावरण निर्माण गर्नुपर्दछ जहाँ उनीहरू मानवीय सिद्धान्तहरूमा समर्थन बटुल्न सक्छन् ।” सरकारी सेना र इरान निकट यमनी हुथी समूहको द्वन्द्वको कारण देशमा दोहोरो जोखिम छ । लाखौँ यमनीले बाँच्नका लागि खाद्य सहायता लिनुको विकल्प छैन । “यमनमा झण्डै ८० प्रतिशत जनसङ्ख्याका लागि सहायता जीवन रक्षाको एक माध्यम भएको छ,” सहायताका लागि यमनमा तैनाथ अधिकारीले भने ।
“मलाई यमनको सङ्कट देख्दा निद्रा भङ्ग भएर आउँछ,” उनले यमनको कहालीलाग्दो स्थितिलाई वर्णन गर्दै भने । “के हामी करोडौँ मानिसहरूबाट टाढा जान सक्छौँ । सहायताबिना उनीहरू सहजै अनिकालमा पर्न सक्छन् ।” जोखिम यति धेरै छ तर यस हप्ताको बैठक र छलफलमा जोड दिइने सम्भावित विकल्पका साथ एकीकृत प्रतिक्रियालाई सम्बोधन गर्ने कुरा सहायता कार्यक्रमलाई अवरूद्ध हुन वा खारेज हुनबाट जोगाउने रहनेछ ।
“सहयोगको खाँचो भएकालाई सहयोग पु¥याउने कुरा बेलायतले संयुक्त राष्ट्रसङ्घलाई अरू दाताहरुसँग मिलेर योजनाको नेतृत्व लिन आग्रह गरिरहेको छ । हामी सबैलाई कसरी सहयोग दिने भन्ने कुरालाई प्राथमिकता दिन सक्छौँ,” संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) का प्रवक्ताले बताए । यमनी चिकित्सक अब्दुल्ला थावाबाले केवल क्यान्सर अस्पतालले बच्चाहरूलाई उनीहरूको आवश्यक उपचार दिन नसक्ने बताउँदै यमनमा स्वास्थ्य क्षेत्रमा पनि अनगिन्ती समस्या रहेको बताए ।
“हामीले केही समयका लागि विभिन्न दिशामा जानुपर्दछ, जबसम्म हामी यमनको सङ्कटको अवस्थालाई फर्काउन सक्दैनौँ । यो हाम्रो जिम्मेवारी हो,“ लिसे ग्रान्डीले भने । उनले एक करोड ४० लाख व्यक्तिभन्दा बढीलाई पुग्ने कार्यक्रमको सुरक्षाका लागि वरिष्ठ हुथी अधिकारीहरूसँग निरन्तर छलफल गर्न अग्रणी भूमिका खेलेका छन् । “हामी सहयोग गर्न उपायहरू खोज्न प्रतिबद्ध छौँ,” उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार