दादुरा रुबेला नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन गर्ने
नेपालबहस संवाददाता
माघ २९, २०७६ बुधबार १९:१३:२३
२९ माघ विराटनगर । दादुरा रुबेलाको नियन्त्रणका लागि सीमान्तकृत बस्ती तथा दुर्गम क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
स्वास्थ्य कार्यालय मोरङद्वारा ‘दादुरा रुबेला खोप अभियान–२०७६’ अन्तर्गत खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग आज यहाँ आयोजित अन्तक्र्रिया एवं छलफल कार्यक्रममा उनीहरुले बालबालिकालाई खोप नलगाउने परिवारलाई स्थानीय तहबाट प्राप्त हुने सेवा सुविधा रोक्नुपर्नेमा जोड दिएका हुन् ।
यही फागुन ६ देखि १४ गतेसम्म पहिलो चरणअन्तर्गत मोरङको आठवटा स्थानीय तहमा दादुरा रुबेलाको खोप तथा पोलियो थोपा खुवाउने कार्यक्रम छ । पहिलो चरणअन्तर्गत जन्मदेखि पाँच वर्षमुनिका ४७ हजार बालबालिकालाई पोलियो थोपा तथा नौ महिनादेखि पाँच वर्षमुनिका ४१ हजार १७२ बालबालिकालाई दादुरा रुबेलाका खोप लगाउने लक्ष्य लिएको छ ।
यसैगरी दोस्रो चरणअन्तर्गत फागुन १६ देखि २४ गतेसम्म मोरङको नौ स्थानीय तहका ६२ हजार ६० बालबालिकालाई पोलियो थोपा र ५१ हजार ६३३ बालबालिकालाई दादुरा, रुबेलाको खोप लगाइने भएको छ । अभियानलाई सफल बनाउन घरमा निम्ता कार्ड, स्थानीय रेडियो, पत्रपत्रिका तथा प्रचारप्रसारलाई तीव्र बनाइको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।
“पहिलो खोपको प्रभावकारिता ८५ प्रतिशत र थप दोस्रो खोपको १० प्रतिशत गरी दुवै खोप लगाएका बालवालिका दादुरा रुबेला नलाग्ने सम्भावना ९५ प्रतिशत हुन्छ । थप मात्रा दिँदा यो खोप लगाउनुको पहिलो उद्देश्य सतप्रतिशत यो रोगबाट बचाउनु हो भने नियमित खोपमा छुटेकालाई समेट्नु पनि हो”, उनले भने, “जुन बालबालिकाले यो खोप लगाउदैनन् । त्यो बेलासम्म रुबेला र दादुराको उच्च जोखिममा रहन्छन् ।”
अभियानका लागि मोरङ जिल्लामा ८९२ खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ । नेपालले सन् २०२३ सम्ममा दादुरा रुबेला नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सबै बालबालिकाले खोप पाउनुपर्छ भन्ने अवधारणाअनुसार अभियान शुरु गरिएको हो । बाल मृत्युदर घटाउनु, औषत आयुमा वृद्धि गर्नु अभियानको लक्ष्य रहेको छ ।
दादुराको कारण अन्धोपना हुने र झाडापखाला, निमोनियाको कारण बालबालिकाको मृत्यु हुने गरेको छ भने रुबेलाले महिलामा गर्भपतन हुने, मृत्यु शिशु जन्मने, बालबालिकामा बहिरोपन र अन्धोपन हुने, मुटुमा प्वाल हुने, मष्तिस्कमा विकृत उत्पन्न हुने गर्दछ ।
दादुरा र रुबेला रोगको कुनै उपचार नभएको र यसबाट बालबालिकालाई बचाउने एकमात्र उपाय खोप मात्र रहेको हो । यो सरुवा रोग भएको र खोक्दा, हाँछ्यु र हावाको माध्यमबाट यो सर्ने गर्दछ । दादुरा रुबेला एक भाइरसको माध्यमबाट सरुवा हुने गर्दछ भने यसका मुख्य लक्षणमा ज्वरो आउने, शरीरभरि बिमिरा देखा पर्ने, आँखा रातो हुने, नाकबाट पानी आउने गर्दछ ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बालबालिकाका अकाल मृत्युबाट बचाउन खोप अभियान पूर्ण सफल बनाउने सबै राजनीतिक दललाई सहभागी हुने बताए । छलफलमा, राजनीतिक दलका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, चिकित्सक, रेडक्रसका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
एक अध्ययनका अनुसार एक बालवालिकामा दादुरा देखिए त्यसबाट १६ जना सम्ममा सर्न सक्छ । नेपालमा गत वर्ष एक सय २२ जनामा रुबेला भएको प्रमाणित भएको छ । जसमा प्रदेश नं. १ मा ३५, प्रदेश नं.२ मा ८, वाग्मती प्रदेशमा ४१, गण्डकी प्रदेशमा १०, प्रदेश ५ मा १३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ११ जनामा दादुरा भएको प्रमाणित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार