स्थानीय तह भ्रष्टाचारमा चुर्लुम्म, एउटै जिल्लाबाट ३८९ अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
माघ २९, २०७६ बुधबार १९:२७:३७
२९ माघ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन्।
कार्यालयका अनुसार डोटी जिल्लाका सङ्घसंस्था र स्थानीय तहका योजनामा अनियमितता भएको भन्दै यो वर्ष ३८९ उजुरी परेका छन् । तीमध्ये शिक्षा क्षेत्रका मात्रै २४१ वटा उजुरी परेका छन् ।
जिल्लाका स्थानीय तहमा अनियमितता भइरहेका उजुरी विगतभन्दा बढी आइरहेको आयोगको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्ट बताए। उनले भने, “विगतमा स्थानीय तहमा अनियमितताका उजुरी १२/१५ आउँथे भने अहिले त सिधै एक सयभन्दा बढी आउन थालेका छन् ।” एउटै योजनामा दोहोरो भुक्तानी लिने, उपभोक्ता समिति गठनमा आफ्ना कार्यकर्ता राख्ने तथा गुणस्तरहीन काम गरेको भन्दै उजुरी आउने क्रम बढेको सूचना अधिकारी विष्टको भनाइ छ ।
डोटीमा दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहको ढुकुटीबाट खर्चिएका मध्ये रु १३ करोड ७४ लाख बेरुजु देखिएको छ । विसं २०७४÷७५ मा आएको रु दुई अर्ब ६७ करोड ५७ लाख तीन हजार कूल बजेटमध्ये सो रकम बेरुजु देखिएको हो । अघिल्लो आर्थिक वर्षमा जिल्लाभर सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकाको रकम बेरुजु देखिएको छ । नगरको रु ४६ करोड ५० लाख १९ हजार बजेटमध्ये रु पाँच करोड एक लाख बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
त्यस्तै पूर्वीचौकी गाउँपालिकाको रु दुई करोड १३ लाख नौ हजार, शिखर नगरपालिकाको रु ५६ लाख, बोगटान गाउँपालिकाको रु एक करोड ४७ लाख १६ हजार, सायल गाउँपालिकाको रु एक करोड ६ लाख २२ हजार, आदर्श गाउँपालिकाको रु एक करोड ५५ हजार, केआई सिंह गाउँपालिकाको रु ९६ लाख १४ हजार, बडीकेदार गाउँपालिकाको रु ८५ लाख ३६ हजार र जोरायल गाउँपालिकाको रु ६७ लाख ३२ हजार रुपैयाँ बेरुजु देखाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार