हिंसात्मक कारबाही रोक्न तालिबानको सहमति
नेपालबहस संवाददाता
माघ २९, २०७६ बुधबार २०:३६:४०
२९ माघ एजेन्सी । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओबीच अमेरिका र तालिबान समूहबीच जारी वार्ताको विषयमा टेलिफोन वार्ता भएको छ ।
मङ्गलबार साँझ भएको यस वार्तामा पोम्पेओले घानीलाई अफगानिस्तानका विद्रोही समूह तालिबानसँग जारी रहेको यस शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको जानकारी दिएका छन्।
हिंसामा उल्लेखनीय र स्थायी कमी ल्याउने सम्बन्धमा तालिबानीले प्रस्ताव गरेको विदेशमन्त्री पोम्पेओले जानकारी गराएको घानीको ट्विटरमा लेखिको छ ।
‘यो स्वागतयोग्य हो र मलाई खुसी लागेको छ । हाम्रो प्रमुख उद्देश्य मूर्खतापूर्ण रक्तपात अन्त्य गर्नु हो’ घानीले भनेका छन्।
अमेरिकी र तालिबानी प्रतिनिधिहरुको सहभागितामा यस महिनाको सुरुदेखि वार्ताको लागि दुईवटा बैठक आयोजना भएको छ ।
आइतबार अफगानिस्तानका लागि अमेरिकाका विशेष शान्तिदूत जाल्मे खलिलजादले तालिबानका सहसंस्थापक मुल्लाह बारादार र अन्य कैयौं तालिबानी नेताहरूसँग भेट गरेका थिए।
अमेरिका र तालिबानको वार्ताको विषयमा नेटो, पाकिस्तान र अफगानी नेताहरुसँग वार्ता गर्नको लागि खलिलजाद बेल्जियमको ब्रसेल्स, पाकिस्तानको इस्लामाबाद र अफगानिस्तानको काबुलको यात्रापछि दोहा फर्किएको समाचारमा जनाइएको छ ।
समग्र शान्ति प्रक्रियालाई सकारात्मक रुपमा समर्थन गर्न अफगानिस्तानले आगामी चरणका वार्ताहरुको व्यवस्थापन गर्ने पनि घानीले बताएका छन्।
गत फेब्रुअरी ४ मा राष्ट्रपतिको “स्टेट अफ दी युनियन” सम्बोधनमा पनि ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई स्वदेश फर्काउने प्रतिबद्धता व्यक्त गरेका थिए । अफगानिस्तानमा हाल १४ हजारभन्दा बढी अमेरिकी सेना तैनाथ छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार