प्रतिरोध क्षेत्रमा रहेको बजारमा लघुवित्तको बुल कायमै, इण्ट्राडे चार्टले के देखायो ?
आर्थिक संवाददाता
माघ २९, २०७६ बिहिबार ०:३२:२७
२९ माघ, काठमाडौं । साताको चौथो कारोवार दिन नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । हिजो दोहोरो अंकले वृद्धि भएको बजारमा आज ४ दशमलव ६० अंकको वृद्धि देखाएकाे छ । आज ३९ लाख ८६ हजार कित्ता शेयर खरीदबिक्री भएकोमा कारोवार रकम भने १ अर्ब ५० करोड पुगेको छ ।
हिजो जस्तै आज माईक्रोफाईनान्स उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ । आज माईक्रो फाईनान्स उपसुचकमा २ दशमलव ४५ प्रतिशतको वृद्धि हुँदा हाईड्रोपावर उपसुचकमा सर्वाधिक शुन्य दशमलव ६९ प्रतिशतको गिरावट आएको छ । आज वाणिज्य बैंक, विकास बैंक र हाईड्रोपावर उपसुचहक बाहेक सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ ।
बजार १३४१ दशमलव ०८ को विन्दुमा खुलेकोमा १३५३ दशमलव २९को उच्च विन्दुसम्म पुगेको थियो । बजारले ११ बजेर ३६ मिनेटमा उच्च विन्दु समातेको थियो । त्यस्तै बजारको न्यून विन्दु र खुला विन्दु एकै रहेको छ ।
आजको ईण्ट्राडे चार्ट हेर्दा बजारले त्यति सकारात्मक प्रवृत्ति बनाएको छैन। कारोबारको पहिलो समयमा बढेको बजार अन्तिम समयमा विक्रेताको चाप रहेको छ । आजको मैनबत्तीले कारोबारको पछिल्लो समयमा विक्रेताको चाप रहेको जानकारी गराएको छ ।
आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक बिश्लेषण :
मुख्य प्रतिरोध : १३५० देखि १३६० पहिलो टेवा : १३३०
- नेप्सेले आज पनि १३५० देखि १३६० को मुख्य अवरोध क्षेत्रलाई सामना गरेको छ। कारोबारको पहिलो समयमा बढेको बजार अन्तिम समयमा विक्रेताको चाप रहेको छ।
- आजको मैनबत्तीले कारोबारको पछिल्लो समयमा विक्रेताको चाप रहेको जानकारी गराएको छ।
- दैनिकी अवधिमा “आरएसआई” ६६ दशमलब २३ को बिन्दुमा छ। आरएसआईको प्रवृत्ति भने आज सामान्य रहेको छ।
- “एडिएक्स” सामान्य रहे पनि जोड र बेजोड “डाइरेक्सनल इन्डेक्स”हरुले खरिदकर्ताको चाप हुन थालेको जानकारी दिएको छ ।
- “अन ब्यालेन्स भल्यूम” ले बजारमा खरिदकर्ताको चाप रहेको जनाएको छ।
- नेप्से बढेमा मुख्य प्रतिरोध १३५० देखि १३६० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३३० को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार