नयाँ दिल्ली–काठमाडौं भिस्ताराको उडान शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ २९, २०७६ बिहिबार १:९:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/Air_Vistara_Vistara_2UR1alD1EX.jpg)
२९ माघ काठमाडौं । भारतको टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानीमा सञ्चालित भिस्तारा एयरलाइन्सले मङ्गलबारदेखि काठमाडौं उडान शुरु गरेको छ ।
नयाँ दिल्ली–काठमाडौं दैनिक एक उडान गर्ने गरी नयाँ गन्तव्यमा उडान शुरु गरेको एयरलाइन्सले जनाएको छ । शुरुआती चरणमा दुईतर्फी प्रवद्धर्नात्मक भाडादर रु १५ हजार आठ सय तोकिएको भिस्ताराका प्रमुख व्यापारिक अधिकृत विनोद कन्नले जानकारी दिए ।
उनका अनुसार विजनेश क्लासको दुईतर्फी भाडादर रु ६१ हजार तोकिएको छ । ‘नेपाल भ्रमण वर्षलाई हाम्रो उडानले थप सहयोग हुन्छ, उनले भने, हाम्रो उडानबाट यात्रुले सुरक्षित र आरामदायी यात्राको अनुभव गर्न सक्नेछन् ।’ पहिलो उडानमा ९५ प्रतिशत अकुपेन्सीे थियो । सन् २०१९ बाट अन्तरराष्ट्रिय उडान शुरु गरेको भिस्ताराको नेपाल पाचौँ उडान गन्तव्य हो । हाल ३९ वटा विमानबाट आन्तरिक तथा अन्तरराष्ट्रिय ३६ गन्तव्यमा दैनिक दुई सय वटा उडान गर्दै आएको छ ।
भिस्तारामा तीन श्रेणीको सिटको व्यवस्था रहेपनि नेपाल र नयाँ दिल्लीको यात्रामा प्रिमियम र इकोनिमक वर्गको मात्र सुविधा रहेको छ । भिस्ताराले नेपालको जेनरल सेल्स एजेन्ट ‘जीएसए’ ट्राभल राइट रहेको छ । ट्राभल राइटका निरज रिजालका अनुसार यात्रुको मागअनुसार उडान सङ्ख्या थप गर्ने तयारी भएको छ ।
“शुरुवाती उडान बोइङबाट गरिएको छ, तर आगामी मार्च १ देखि एयर बस ३२० ‘न्यारोवडि’ विमानबाट उडान हुनेछ”, उनले भने।” काठमाडौँ–नयाँ दिल्ली मार्गमा दैनिक ५ वटा उडान गर्दै आएको जेट एयरवेजले २०७५ साल चैत २९ गतेदेखि नेपालको उडान बन्द गरेको थियो ।
जेटको नेपाल उडान बन्दपछि भारतका विभिन्न वायुसेवा कम्पनीहरुले नेपाल उडानको तयारी गरेको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । हाल काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली उडानमा नेपाल वायुसेवा निगमले दैनिक दुई उडान, इण्डियन एयरले दैनिक दुई उडान र भुटानको टुक एयरले सातामा तीन उडान भर्दै आएका छन् ।
जेट एयरको उडान बन्दपछि नयाँ दिल्ली उडानको भाडादर वृद्धि भएकोमा नयाँ विमान थपिएपछि भाडादर कम हुने ट्राभल्स एजेन्टहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार