तोकिएको क्वारेन्टाइनस्थलमा सङ्क्रमण फैलन नदिन उच्च सतर्कता छ : स्वास्थ्य मन्त्रालय
नेपालबहस संवाददाता
माघ २९, २०७६ बिहिबार १:१६:२६
२९ माघ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै सङ्क्रमण फैलन नदिन सरकारले उच्च सतर्कता अपनाएर काम गरिरहेको जनाएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी गृह, रक्षा, परराष्ट्र, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतको समन्वयमा क्वारेन्टाइनस्थलको आवश्यक सुरक्षा र निगरानी भइरहेको जनाएको छ । सरकराले चीनमा रहेका नेपालीलाई केही दिनमा नै नेपाल फर्काउने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्धारा आज जारी विज्ञप्तिमा नेपालमा एक जनामा बाहेक कुनै पनि व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नरहेको जनाइएको छ । अहिलेसम्म १८ जनाको परीक्षण गरिएकोमा एक जनामा मात्रै सङ्क्रमण फेला परेको थियो । सङ्क्रमित व्यक्ति निको भएर घर फर्किसकेको श्रेष्ठले जानकारी दिए।
मन्त्रालयका अनुसार चीनको हुवेइ र वुहानलगायत २२ प्रान्तमा कोरोना भाइरस सङ्क्रमण भइसकेको छ । उक्त भाइरस चीनसहित २४ देशमा देखिएको छ । सरकारले कोरोनाको प्रभाव नेपालमा पर्न नदिन आवश्यक तयारी र उच्च सतर्कता अपनाइएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट आएका व्यक्तिलाई आवश्यक स्वास्थ्य परीक्षण गरी शङ्का लागेमा अस्पताल लगिने र अन्यलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ ।
क्यारेन्टाइनमा राखिएका व्यक्तिलाई नियमित स्वास्थ्यपरीक्षण गरी शङ्कास्पदको प्रयोगशालामा परीक्षण गरिने, रोग लागेको शङ्का लागेमा आइसोलेसनमा राखिने, रोग सर्न नदिन विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डको आधारमा काम गरिने र सङ्क्रमित व्यक्ति भेटिए उपचारपछि निको भए पनि सङ्गठनको मापदण्डअनुसार नै अन्य व्यक्तिसँग सम्पर्कमा आउन नमिल्ने गरी राख्ने व्यवस्था मिलाइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । चीनबाट ल्याउन लागिएका विद्यार्थी कोरोना भाइरसबाट सङ्क्रमित नभएको समेत मन्त्रालयले स्पष्ट पारेको पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार