सिरियाली फौजलाई प्रत्याक्रमण गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी
नेपालबहस संवाददाता
माघ २९, २०७६ बिहिबार १:३५:५६
२९ माघ एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले सिरियाली सुरक्षा फौजलाई आक्रमण गर्ने चेतावनी दिएका छन् ।आफ्नो देशका सुरक्षाकर्मीहरुलाई सिरियाली सुरक्षाकर्मीहरुले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरुले पनि आक्रमण गर्ने उनले चेतावनी दिएका हुन् ।
सिरियाको इदलिब प्रान्तमा केही दिनदेखि दुई देशका सुरक्षाकर्मीका बीचमा विवाद तथा सङ्घर्ष चलिरहेको बेला राष्ट्रपतिकै चेतावनी आएको हो । “यदि हाम्रा सुरक्षाकर्मीलाई असर पर्ने कुनै गतिविधि भयो भने हामी सहेर बस्ने छैनौँ, हामी उनीहरु विरुद्ध कडा रुपमा आक्रमणमा उत्रिन्छौँ,” उनले भने।
संसद्मा आफ्ना सदस्य भएका नेताहरुलाई एउटा बैठकमा सम्बोधन गर्दै उनले सिरियालीहरुको आक्रमण सैह्य हुन नसक्ने बताए । उनले विद्रोहीको सशक्त उपस्थिति र प्रभाव रहेको इदलिबमा गरिएको युद्ध विराम अन्त्यका लागि थप १२ वटा निगरानी चौकी स्थापना गर्न सिफारिस पनि गरिसकेका छन् ।
टर्कीका सुरक्षाकर्मीविरुद्ध फेरी अर्को आक्रमण भए कुनै सङ्कोचबिना टर्कीका सुरक्षाकर्मीहरुले सिरियाका सुरक्षाकर्मीहरुलाई आक्रमण गर्ने उनको भनाइ छ । उनीहरुले स्थल तथा हवाई दुवै माध्यमबाट आक्रमण गर्नसक्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार