शहीद स्मारक ए डिभिजन लिग : अन्तिम चरणका खेलहरु सुरु हुँदै
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार १५:५१:२१
१ फागुन काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबारदेखि अन्तिम चरणका खेलहरु सुरु हुँदैछन् । एन्फा कम्प्लेक्स मैदानमा बिहीबार तीन वटा खेल हुँदैछन् । तीन खेलमध्ये सबैको नजर दोस्रो खेलमा हुनेछ । जुन खेलले ‘बी’ डिभिजनमा झर्ने दोस्रो टिमको टुङ्गो लाग्नेछ ।
दिउँसो १२ः१५ बजे विभागीय क्लब एपीएफ र ब्रिगेड ब्वाइज प्रतिस्पर्धा गर्दैछन् । १२औँ चरणको खेल सकिँदा ब्रिगेड ब्वाइज र एपीएफ समान आठ–आठ अङ्कका साथ पुछारबाट क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यो खेलमा जित हात पार्ने टोली रेलिगेशनबाट बच्नेछ । यदि खेल बराबरी भएमा ब्रिगेड ब्वाइज रेलिगेशनमा पर्नेछ । गोल अन्तरका आधारमा एपीएफ अघि छ ।
एपीएफले १४ गोल गर्दै २० गोल खाँदा उसको गोल अन्तर –६ रहेको छ । ब्रिगेड ब्वाइजले भने चार गोल गरेर १४ गोल खाएको छ । रेलिगेशनबाट बच्न ब्रिगेड ब्वाइजलाई तीन अङ्क अनिवार्य छ । यसअघि सरस्वती युथ क्लब रेलिगेशनमा परिसकेको छ । बिहीबार सरस्वतीले शीर्ष डिभिजनको अन्तिम खेल खेल्दैछ । दिउँसो साढे ३ बजे एन्फा कम्प्लेक्स मैदानमा सरस्वती र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् । संकटा १५ अङ्क बनाउँदै नवौँ स्थानमा छ ।
आजको जितले सङ्कटाको ‘सुपर सिक्स’ को स्थान सुरक्षित बनाउनेछ । तर त्यसअघि नेपाल पुलिस क्लबले खेल्दैछ । विभागीय टोली पुलिसले बिहान सवा आठ बजेपछि हुने खेलमा फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार