कोरोना भाइरस : मृत्यु हुने र संक्रमितको संख्या ह्वात्तै बढ्यो
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार १७:२१:३३
१ फागुन बेइजिङ । चीनको हुबेईमा बुधबार कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्या ह्वात्तै बढेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार बिहान जनाएअनुसार बुधबार मात्रै हुबेईमा कम्तीमा २४२ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो । यो संख्या मंगलबारको भन्दा दोब्बर हो । मंगलबार ९४ जनाको मृत्यु भएको थियो ।
त्यस्तै मंगलबारभन्दा बुधबार संक्रमित हुनेको संख्या करिब १० गुणाले बढेको छ । बुधबार थप १४ हजार ८ सय ४० मा कोरोना भाइरसको संक्रमण देखिएकोस्वास्थ्य आयोगले जनाएको छ । बुधबारदेखि चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिरामीको अवस्था निर्धारणको मापदण्डमा परिवर्तन गरेकाले एकैदिन संक्रमितको संख्या बढेको हो ।
उपचार छिटो होस् भनेर प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएकालाई पनि संक्रमितको सूचीमा राखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । हुबेईमा मात्रै संक्रमितको संख्या ४८ हजार नाघेको छ ।हुबेईमा ३३ हजार ६ सय ९३ जना अस्पताल भर्ना भएको र तीमध्ये एक हजार ४ सय ३७जनाको अवस्था गम्भीर रहेको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।
हुबेईसहित चीनका विभिन्न प्रान्तमा गरी ५९ हजारभन्दा बढीसंक्रमित छन् भने विश्वका दुई दर्जनभन्दाबढी मुलुकमा ५ सयभन्दा बढी संक्रमित छन् । त्यस्तै करिब ६ हजार जना उपचारपछि निको भएको चिनियाँराष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।मृत्यु हुने एक हजार तीन सय ६३ मध्ये चीनबाहिर फिलिपिन्स रहङकङका एक–एक जना छन् ।
यसैबीच ‘कोभिड–१९’ कोसंक्रमण रोक्ने उपायबारे छलफल गर्न स्विट्जरल्यान्डको जेनेभामा विश्वकावैज्ञानिकहरू जम्मा भएका छन् । विश्व स्वास्थ संगठनका प्रमुख घेब्रेयसुसले ‘यथेष्ठ स्रोतसाधनपरिचालन गर्न सके भाइरसको संक्रमण थप फैलनबाट रोक्न सकिने’ बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार