दादुरा र रुबेलाविरुद्धको खोप अभियान दुई चरणमा
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार १७:३७:५५
१ फागुन काठमाडौं । सरकारले दादुरा र रुबेलाविरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गर्ने भएको छ । बिहीबारदेखि सुरु हुने अभियानमा ९ महिनादेखि ५ वर्षमुनिका झण्डै ३० लाख बालबालिकालाई दिइने अभियानअन्तर्गत पहिलो चरणमा प्रदेश १, २ र ५ मा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिए ।
चितवन र पूर्वी नवलपरासीबाहेक तराईका १९ जिल्लामा बिहीबारदेखि नै दादुरा र रुबेलाको खोपसँगै बालबालिकालाई पोलियो थोपा पनि खुवाइने उनले जानकारी दिए । दादुरा र रुबेलाविरुद्धको खोप शिशु जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्छ ।
दुई चरणकै खोप लगाएका बालबालिकालाई पनि यो खोप अभियानअन्तर्गत थप खोप लगाउनुपर्ने प्रमुख गौतमले जानकारी दिए। अहिलेको खोप थप मात्रा भएकाले अनिवार्य लगाउनुपर्ने उनको भनाइ छ । बिहीबारदेखि एक महिनासम्म प्रदेश १, २ र ५ का सबै वडामा रहेका खोप केन्द्रमा गएर ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सरकारले आग्रह गरेको छ ।
दोस्रो चरणमा आउँदो चैत १ गतेदेखि एक महिनासम्म वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुनेछ । सन् २०२३ सम्ममा नेपालबाट दादुरा र रुबेला निवारण गर्नुपर्ने लक्ष्यअनुसार दादुरा र रुवेलाविरुद्धको खोप दिन लागिएको सरकारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार