फेसबुकको स्वामित्व ह्वाट्सआपका प्रयोगकर्ता २ अर्ब नाघे
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार १९:२७:२९
१ फागुन एजेन्सी । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सआपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ ।
फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सआप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो । ह्वाट्सआपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध छ । दुई अर्ब प्रयोगकर्ताको एउटा विशिष्ट कोशेढुङ्गा पार गर्न सफल भएकामा कम्पनीले गर्वको महशुस गरेको ह्वाट्सआपको ब्लगपोस्टमा लेखिएको छ । कम्पनीले व्यक्तिका निजी सूचनालाई अझ बढी विश्वासिलो ढङ्गबाट सुरक्षित गरिने र कसैले सहजै भङ्ग गर्न नसक्ने परिस्थिति निर्माण गरिने जनाएको छ ।
अमेरिकी सरकारले ह्वाट्सआप, मेसेन्जर, भाइबर जस्ता सञ्चार सेवाका सन्देशहरुमा राज्यका निकायको पहुँच बढाउनु पर्ने दाबी गर्दै आएको सन्दर्भमा फेसबुकले व्यक्तिका गोपनीय सूचनाको संरक्षणलाई अझ बलियो बनाउन चाहेको बताएको छ ।
गत साता, बाल सुरक्षा संघसंस्थाहरुले फेसबुक समक्ष बलिया “इन्क्रिप्सन” योजना लागू गर्दा बाल यौन दूराचारीले अनुचित फाइदा उठाउन सक्ने भन्दै यस्तो योजना स्थगित गर्न आग्रह गरेका छन् । ह्वाट्सआपका कर्मचारीले परीक्षणका रुपमा प्रयोग गरिरहेको इन्क्रिप्सन निकै बलियो रहेको र त्यसका डाटा कुनै पनि सरकारी निकायले अध्ययन गर्न नसक्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार