गाउँपालिकामा छैन एम्बुलेन्स,बिरामी समस्यामा
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार २१:२५:१०
१ फागुन काठमाडौं । स्थानीय तह गठन भएको तीन वर्ष हुनलाग्दा समेत वाग्मती गाउँपालिकाभित्र एउटा पनि एम्बुलेन्स सञ्चालन भएको छैन । यहाँका जनताले बिरामी पर्दासमेत एम्बुलेन्स उपभोग गर्न नपाएको पटकपटक गुनासो गर्दै आएका छन् ।
वडा नं ६ आश्राङ् निवासी ६१ वर्षीय मानबहादुर बोम्जन तामाङले गाउँमा कोही बिरामी पर्दा जीप बोलाएर रु आठ देखि १० हजार तिरेर चापागाउँ अस्पताल लैजानुपर्ने बाध्यता रहेको जानकारी दिए। गाउँपालिकाभित्र हुने बिरामीको समस्या समाधान गर्न एम्बुलेन्स खरीदका लागि गत वर्ष नै आफू लागिपरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । अबको एकदेखि डेढ महिनामा एम्बुलेन्स गाउँपालिकामा भित्र्याउने उनले जानकारी दिए। गाउँपालिकाभित्र करीब छ हजार जनसङ्ख्या रहेको छ ।
यसैगरी कोञ्ज्योसोम गाउँपालिकाले केही समयअघि रु १४ लाख तिरेर एउटा एम्बुलेन्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्ताङले जानकारी दिए। उनले भने, “हाम्रो गाउँपालिकाभित्र लगभग १० हजार जनसङ्ख्या रहेका छन्, कोञ्ज्योसोमबाट चापागाउँ अस्पताल आउन थोरैमा पनि १५ किलोमिटर पार गर्नुपर्ने भएकाले हालसम्म एउटा एम्बुलेन्स भए पनि बिरामीलाई राहत नै भएको छ ।”
करीब १२ दिनअघिमात्रै महाँकाल गाउँपालिकामा एउटा एम्बुलेन्स भित्रिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोगमा एम्बुलेन्स महाँकालमा भित्र्याइएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए। लामो समय एम्बुलेन्सविहीन रहेको सो गाउँपालिकाबाट पाटन अस्पताल आइपुग्न ६५ किलोमिटर पार गरेर बिरामीका आफन्तले भाडामा सवारीसाधन लिएर आउनुपर्ने समस्याको अन्त्य केही दिनअघि मात्र भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार