झापामा प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने तयारी
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार १४:४४:४२
२ फागुन भद्रपुर । झापामा ७० औँ प्रजातन्त्र तथा चौथो निर्वाचन दिवस भव्यरुपमा मनाउने तयारी गरिएको छ । बिहीबार बसेको जिल्ला समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते ७० औँ प्रजातन्त्र र निर्वाचन दिवसलाई भव्यरुपमा मनाउने निर्णय गरेको हो ।
जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले फागुन ६ गते भद्रपुर नगरपालिकाभित्रका माविस्तरीय विद्यालयबीच ‘लोकतन्त्र र निर्वाचन’ विषयक वक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरेको छ । सोको संयोजन निर्वाचन कार्यालय र जिल्ला शिक्षा समन्वय एकाइ समितिले गर्ने छन् । सोही दिन बिहान मेची अञ्चल अस्पतालमा विराट सामुदायिक अध्ययन केन्द्रको अगुवाइमा सरसफाइ र सोही दिन बेलुका ६ बजे जिसस अगाडि ट्रेड यूनियन चोकमा दीपावली गर्ने निर्णय बैठकले गरेको छ ।
समितिका संयोजक पोर्तेलले फागुन ७ गते बिहान चन्द्रगढीको लेखनाथ चोकबाट प्रभावतफेरी निकाली जिससको सभाहलमा पुगी राष्ट्रियता झल्कने सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । उनका अनुसार ७ गते बेलुका भद्रपुर जेसीजको आयोजनामा झापा चोकमा दीपावली गर्ने र फागुन ८ गते बिहान मेची अञ्चल अस्पतालमा भद्रपुर उद्योग वाणिज्य सङ्घको संयोजनमा बिरामीलाई फलफूल वितरण गरिनेछ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राजनीतिक दल र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारी रानामगरले सबै स्थानीय तहमा केन्द्रीय र सङ्घीय सरकारले पठाएको निर्देशनअनुसार प्रजातन्त्र र निर्वाचन दिवस मनाउन परिपत्र गरिने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
माघ १३, २०८१ आइतबार
कोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार