छ महिनामा मुनाफा घटाउने बाणिज्य बैंक चिनाैं
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार १७:१०:६
२ फाल्गुण, काठमाडाैं । २७ वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष ०७६/७७ को दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेका छन् । सो मध्ये १९ वाणिज्य बैंकले खुद मुनाफामा वृद्धि गर्न सफल भएका छन् भने ८ वाणिज्य बैंकको खुद मुनाफा घटेको छ ।
स्थापित बैंकका रुपमा गनिएका नेपाल इन्भेस्टमेन्ट बैंकदेखि नबिल बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकको समेत पछिल्लो दिन नाफा घटेको तथ्याकले देखाउँछ । सरकारी लगानी रहेको नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको पनि मुनाफा घट्दै छ । त्यस्तै सिभिल बैंक र सिटिजन्स बैंकले पनि मुनाफा घटाएका छन् ।
मुनाफा घटाएका वाणिज्य बैंकमध्य नेपाल बैंकको मुनाफा सर्वाधिक घटेको छ । नेपाल बैंकको खुद मुनाफा १९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ६६ करोड खुद मुनाफा गरेको थियो ।
त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको खुद मुनाफा पनि १६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ६६ करोड खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ९७ करोड खुद मुनाफा गरेको थियो ।
त्यस्तै पछिल्लो समय एकदमै कमजोर बन्दै गएको सिभिल बैंकको खुद मुनाफा १५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले ३१ करोड ६२ लाख खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले ३७ करोड ९ लाख खुद मुनाफा गरेको थियो ।
वरिष्ठ अर्थशास्त्री डा. शंकर शर्मादेखि कुशल बैंकर एवं सीए राजनसिंह भण्डारी लगायत देशका चर्चित व्यवसायीहरु मिलेर खोलेको सिटिजन्स बैंक इन्टरनेशनल पछिल्लो समय लगातार ओरालो लाग्ने क्रममा लागेको छ । सिटिजन्स बैंकको खुद मुनाफा ११ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले ६८ करोड ७७ लाख खुद मुनाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले ७७ करोड ०३ लाख खुद मुनाफा गरेको थियो ।
९९ दशमलव ९७ प्रतिशत शेयर स्वामित्व नेपाल सरकारको रहेको रास्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा पनि ८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २ अर्ब २० करोड खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २ अर्ब ४० करोड खुद मुनाफा गरेको थियो ।
विश्वकै धनी व्यक्तिकाे सुचीमा सुचिकृत विनोद चौधरीको बैंकको रुपमा चिनिने नबिल बैंकको खुद मुनाफा ६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २ अर्ब ४ करोड खुद मुनाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २ अर्ब १७ करोड खुद मुनाफा गरेको थियो ।
मारवाडी बैंकको रुपमा परिचित सिद्धार्थ बैंकका पछिल्ला वित्तीय परिसुचकहरु खस्कँदो क्रममा लागेको देखिदैछ । सिद्धार्थ बैंकको खुद मुनाफा ४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ०२ करोड खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब ०६ करोड खुद मुनाफा गरेको थियो ।
त्यस्तै स्टेट बैंक अफ इन्डियाको ५५ प्रतिशत शेयर स्वामित्व रहेको रहेको नेपाल एसबीआई बैंकको खुद मुनाफा २ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले १ अर्ब २ करोड खुद मुनाफा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार