सिभिल बैंकको वित्तीय अवस्था नाजुक, अस्वाभाविक खर्च वृद्धि हुँदा लगानीकर्ता जिल्ल
आर्थिक संवाददाता
फागुन २, २०७६ शुक्रबार २०:९:४८
२ फागुन, काठमाडौं । सिभिल बैंक लिमिटेड संचालक समितिको अध्यक्षमा इच्छाराज तामाङ रहेका छन् । अध्यक्ष तामाङ इन्जिनियर हुन् । त्यस्तै अन्य संचालक सदस्यहरुमा अम्बिर बोगटी, प्रकाश तयाल, प्रतापजंग पाण्डे, भिमानन्द ढुङ्गाना, युगेशबहादुर मल्ल र शम्भुप्रसाद पन्त रहेका छन् ।
सिभिल बैंकमा शुन्य दशमलव ५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व हुने १६ शेयरधनी रहेका छन् । बैंकमा कर्मचारी संचय कोषको सर्वाधिक ४७ लाख ९५ हजार कित्ता शेयर रहेको छ । कर्मचारी संचय कोषको बैंकमा ५ दशमलव ९९ प्रतिशत शेयर रहेको कुरा कम्पनीको वार्षिक साधारण सभाको प्रतिवेदनमा देखिन्छ । त्यस्तै प्रदिपजंग पाण्डेको नाममा ३५ लाख ४ हजार कित्ता शेयर रहेको छ भने इच्छाराज तामाङको नाममा ३० लाख ८३ हजार कित्ता शेयर रहेको छ ।
यसैगरि बैंकको उच्च व्यवस्थापनमा गोविन्द गुरुङ्ग सीईओको रुपमा कार्यरत छन् । त्यस्तै बैंकर सुनिलकुमार पोखरेल नायव सीईओको रुपमा कार्यरत छन् ।
यसपटक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा थोरै लाभांश प्रस्ताव गर्नेमा सिभिल बैंक परेको छ । बैंकले यही पौष ६ गते आफ्नो नवौ वार्षिक साधारण सभा सम्पन्न गर्दै ६ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।
लाभांशको इतिहास:
लाभांशको ईतिहास हेर्ने हो भने कम्पनीले लगानीकर्तालाई आकर्षक लाभांश दिएको छैन । आर्थिक वर्ष ७५/७६ मा ६ दशमलव ७५ प्रतिशत नगद लाभांश प्रदान गरेको बैंकले आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट ४ दशमलव ०५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो । बेलाबेलामा सिभिल बैंकमा लगानी गर्नेहरूले नै असन्तुष्टि व्यक्त गरिरहेकाे सुन्न पाइन्छ । लगानीकर्ताले बैंककाे शेयरमा भन्दा बरु अन्य बैंक तथा वित्तिय संस्थामा पैसा राख्न ठिक हुने रहेछ भन्ने जस्ता अभिव्यक्ति दिएको उदाहरण पनि छन् । लगानीकर्ताहरु सिभिल बैंकले प्रदान गरेको लाभांशबाट खुशी नभएको प्रस्ट देखिन्छ। साधारण सभामा शेयरधनीहरुले बैंकको संचालन खर्च अस्वाभाविक रुपमा वृद्धि हुँदै जानु ठिक नभएकाे बताइसकेका छन् । त्यस्तै मुनाफामा तुलनात्मक रूपमा अन्य बैंककाे तुलनामा हरेक वर्ष घट्दै जानुको कारण के हो भनेर गएकाे साधारण सभामा नै चर्को रुपमा प्रश्न उठाएका थिए।
कस्तो आयो दोश्रो त्रैमासकाे वित्तीय प्रतिवेदन ?
खुद मुनाफामा गिरावट:
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले ३१ करोड ६२ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ३७ करोड ०९ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा १५ प्रतिशतले घटेको छ ।
प्रमुख आम्दानीको श्रोतमा सामान्य वृद्धि :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १ अर्ब ९ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १९ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा ९ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा १५ प्रतिशतले घट्दै हुँदै ४४ करोड ६२ लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले ५२ करोड ३३ लाख संचालन मुनाफा गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले दोश्रो त्रैमासमा २८ करोड ३ लाख कर्जा जोखिम शिर्षकमा व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले १८ करोड ५२ लाख सो शिर्षकमा व्यवस्थापन गरेको छ ।
प्रतिशेयर आम्दानी नाजुक अवस्थामा :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैया ९० पैसा हुन् आउँछ। खुद मुनाफामा गिरावट आउँदा कम्पनीको प्रति शेयर आम्दानीमा नकारात्मक असर पुगेको देखिन्छ।
नोट : फागुन १ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रति शेयर नेट्वर्थ) १२४ रुपैयाँ २२ पैसा आउँछ ।
निक्षेप कर्जामा कस्तो ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४७ अर्ब ७४ करोड निक्षेप संकलन गरी ४७ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १४ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि भएको छ ।
नोट : निक्षेप र कर्जाको तथ्याङ्क लिँदा साधारण ग्राहकको तथ्यांकमात्र लगिएको ।
जगेडा कोष स्थिर, संचित मुनाफा घट्यो :
जगेडा कोष १ अर्ब ६० करोड पुगेको छ भने संचित मुनाफा ३९ प्रतिशतले कम हुँदै ३२ करोड ९७ लाख पुगेको छ ।
निस्क्रिय कर्जा २ प्रतिशत माथि :
कम्पनीको खराब कर्जा २ दशमलव ६९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सम्बन्धित त्रैमासमा खराब कर्जा ३ दशमलव ५४ प्रतिशत थियो ।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही घट्दै १० दशमलव ९८ प्रतिशत पुगेको छ ।
स्प्रेडदर ५ प्रतिशत नाजिक :
व्याजदर अन्तर ५ प्रतिशत नजिक छ । बैंकको प्रकाशित स्प्रेडदर ४ दशमलव ९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ३ दशमलव २३ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १९ गुणा :
कम्पनीको फाल्गुन १ गतेको बजार मूल्य १५१ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १९ दशमलव ११ गुणा आउँछ । अन्य वाणिज्य बैंकको तुलनामा सिभिल बैंकको आम्दानीको तुलनामा बजार मूल्य धेरै रहेको प्रस्ट देखिन्छ । जसलाई प्राव्रिधिक भाषामा ओभरभ्यालूड भनिन्छ ।
वास्तविक मूल्य :
बेन्जामिन ग्रामको सुत्रलाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य १४९ रुपैया प्रति कित्ता हुन् आउँछ । कम्पनीको बजार मूल्य ग्राम नम्बर कै वरिपरी कारोवार भएको देखिन्छ ।
निष्कर्ष :
दिन प्रतिदिन कम्पनीको वित्तीय अवस्था कमजोर बन्दै गएको तथ्याकले देखाएको छ । प्रमुख आम्दानीको श्रोतमा वृद्धि भएपनि संचालन खर्चमा ठुलो वृद्धि हुँदा बैंकको खुद मुनाफामा असर परेको देखिन्छ । यसरी खुद मुनाफामा असर पर्दा बैंकको प्रति शेयर आम्दानीमा ठुलो धक्का पुगेको छ । वार्षिक प्रति शेयर आम्दानी १० रुपैयाँ कम हुँदा लगानीकर्ताले फेरी पनि प्रतिफल राम्रो पाउने सम्भावना कम देखिन्छ । वाणिज्य बैंक मध्य मुनाफामा र प्रति शेयर आम्दानी थोरै हुने बैंकमा सिभिल बैंकको रहेको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार