लिबियाको तेल निर्यात अवरोधले १ अर्ब ४० करोड डलर घाटा
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार १९:४:३६
२ फागुन काठमाडौं । लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन ‘एनओसी’ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ । पछिल्ला केही महिनाभित्रै एनओसीलाई एक अर्ब ४० करोड डलर नोक्सानी भइसकेको छ ।
मुलुकको दैनिक तेल उत्पादनमा कमी आएर प्रति दिन एक लाख ६३ हजार ६८४ ब्यारेल पुगेको छ । लिबिया र लिबियाली जनताका लागि तेल निर्यातमा देखिएका सबै किसिमका अवरोध हटाउन एनओसीले आग्रह गरेको छ । पूर्वी लिबियाका आदिवासी नेताहरुले हालै मात्र तेल निर्यात हुने प्रमुख बन्दरगाह बन्द गरिदिएका छन् ।
उनीहरुले राष्ट्रसंघको समर्थनप्राप्त लिबियाली सरकारले पूर्वी क्षेत्रमा तैनाथ सैनिक विरुद्ध लड्न सशस्त्र समूहलाई तेलबाट आर्जित आम्दानी खर्च भइरहेको आरोप लगाएका छन् ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले गत मंगलबार मात्र लिबियाबाट उत्पादित कच्चा र प्रशोधित पेट्रोलियमको गैरकानुनी निकासी रोक्ने सम्बन्धी एक प्रस्ताव पारित गरेको थियो । यो प्रतिबन्ध आगामी सन् २०२१ को अप्रिल ३० सम्म लागू हुनेछ ।सन् २०११ मा नेता मौमार गद्दाफीको पतन भएसँगै लिबियामा हिंसा बढ्नुका साथै राजनीतिक अस्थिरताले मुलुक आक्रान्त छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार