दक्षिण कोरिया, जापानका विदेश मन्त्रीबीच वार्ताको तयारी
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार १९:१०:७
२ फागुन एजेन्सी । जापान र दक्षिण कोरियाका वरिष्ट कूटनीतिज्ञहरुले यसै साता जर्मनीको म्युनिखमा द्विपक्षीय भेटवार्ता गर्न लागेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ ।
म्युनिखमा हुने तीन दिवसीय म्युनिख सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी विदेश मन्त्रीका साथ त्रिपक्षीय भेटवार्ता पनि हुन लागेको मन्त्रालयले बताएको छ । कोरियाली विदेश मन्त्री काङ क्यूङ–ह्वाले आफ्ना जापानी समकक्षी तोसिमिचु मोटेगीसँग शनिबार बिहान भेटवार्ता गर्नु हुनेछ ।
त्यसै दिन दुबै मुलुकका विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग सामूहिक भेटघाट गर्ने कार्यक्रम छ । उक्त भेटमा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण तथा मध्यपूर्व मामिलाका विषयमा छलफल हुने बताइएको छ ।
काङ, पोम्पेओ र मोटेगीबीच गत महिना अमेरिकाको सान फ्रान्सिस्कोमा त्रिपक्षीय भेटवार्ता भएको थियो । काङ र पोम्पेओबीच पनि म्युनिखमा अलग्गै द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ, तर त्यस्तो बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन ।
जापानी विदेश मन्त्री मोटेगीसँगको भेटवार्तामा कोरियाली विदेश मन्त्री काङले कोरियामाथि जापानले लगाइरहेको निर्यात प्रतिबन्धहरु फुकुवा गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । जापान र कोरियाबीच पछिल्लो समय दोस्रो विश्वयुद्धको समयका कोरियाली युद्धबन्दीका साथै सैनिक गुप्तचरी सूचना आदानप्रदानका विषयमा विवाद उत्पन्न भएको छ । यिनै विषयले दुई मुलुकबीच उच्च प्रविधिका सामानको आयात निर्यातमा समस्या चुलिएको छ ।
उक्त द्विपक्षीय भेटवार्ताका क्रममा चीनबाट फैलिएको कोरोना भाइरस र त्यसको असरका बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ । चीनबाट फैलिएको कोरोना भाइरसबाट कोरिया र जापानलाई पनि प्रभावित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार