तरकारीखेतीमा रम्दै बादी तथा गन्धर्व महिला
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार २०:२२:११
नारायणी रजौरे
२ फाल्गुण, दाङ । बबई गाउँपालिका–७ की ४८ वर्षीया शारदा गन्धर्व आजभोलि विहानदेखि तरकारीबारीमा काम गर्न व्यस्त छिन्। अहिले उनि मात्र होइन त्यहाँका अतिविपन्न समुदायका १० महिला पनि उनिसँगै तरकारी खेतीमा व्यस्त छन् ।
“सरकारले हामीलाई घर त बनाइदिएको छ तर गरी खाने अवस्था सहज थिएन, त्यसैले खान तथा घरखर्च चलाउनका लागि अहिले १० महिला मिलेर समूह बनाई तरकारीखेती शुरु गरेका छौँ”, शारदाले भनिन्। समूहले स्थानीय व्यक्तिको दुई बिघा जमीन वार्षिक रु ३० हजारमा भाडामा लिएर प्रत्येक सदस्यले छुटछुटै तरकारीखेती गरेका छन् ।
“अहिले तरकारीको ‘सिजन’ हो तर हामीले उत्पादन गरेको तरकारी केही बारीबाट र केही हापुरे बजारमा लगेर विक्री गर्न सफल भयौँ र आम्दानी पनि राम्रो भयो”, उनले भनिन्, “अहिले खुशी छौँ, घरमा खर्च चलाउन पनि सजिलो भएको छ, अब तरकारीखेतीबाट राम्रो आम्दानी गर्न अझै मेहनत गर्छौँ, बेमौसमी तरकारीखेती पनि गर्छौँ ।”
समूहको अध्यक्षसमेत रहेकी गन्धर्वले केही उपकरण तथा मल बीउको अभाव रहेको बताइन्। गाउँपालिकाले सहयोग गरे यसै पेशाबाट आत्मनिर्भर बन्न सफल हुने उनको भनाइ थियो । “यसअघि घरमा समय त्यत्तिकै बिताउथ्यौँ, कहिलेकाहीँ खोलामा गएर माछा मार्ने गरे पनि खान पुग्दैनथ्यो, अहिले तरकारीखेती गरेपछि खान पुगेको छ, घरको खर्च पनि चलेको छ”, उनले भनिन्।
त्यसैगरी सोही ठाउँकी ४५ वर्षीया वसन्ती गन्र्धवले पनि तरकारीखेतीले आफ्नो दैनिकी धान्न सहज भएको बताइन्। श्रीमान्ले सारङ्गी बजाएर ल्याएको अन्नले खानै पुग्दैनथ्यो भन्दै उनले आफुले भोगेका पीडा सुनाइन् । अहिले भने सहज भएको तर उचित सिँचाइ, आधुनिक कृषि औजार नहुँदा भने समस्या हुनेगरेको उनले बताइन्।
त्यस्तै समूहमा तरकारीखेती गरेकी ४० वर्षीया गीता बादीले पनि तरकारीखेतीमा आफू आर्कषित भएको बताइन्। उनले तुलसीपुर बजारमा बसेर विगत १० वर्षसम्म मकै पोलेर विक्री गरी जिवन निर्वाह गर्दै आएको भए पनि अहिले भने तरकारीखेतीमा रम्न पाउँदा खुशी लागेको बताइन्।
“शुरुशुरुमा त बजारमा बसेर मकै पोलेर बेच्दा केहीले हेयको दृष्टिले हर्ने, ‘यो त बादी महिला हो खान हुँदैन’ भन्ने अपशब्द बोल्ने गर्थे तर पनि सहेर बस्थेँ”, उनले भनिन्, “अहिले धेरै फरक भएको छ, सबैले सम्मान गर्दै बोल्छन् । हाम्रो समुदायमा धेरै परिर्वतन आएको छ, हामी आत्मसम्मानका साथ आआफना व्यवसायमा रमाउन पाएका छौँ ।”
समाजमा अतिविपन्न तथा पछिडिएको समुदायका महिलाले पछिल्लो समय तरकारीखेती गर्ने गरेका छन् । दाङका बादी र गन्धर्व समुदायका महिलाहरु तरकारीखेतीबाट मनग्य आम्दानी गरी आत्मनिर्भर हुन थालेका छन् । यसको पछिल्लो उदाहरण यहाँका यी महिलाहरुले गरेको खेतीले पुष्टि गरेको छ । यी महिलाले अहिले टमाटर, प्याज, भाण्टा, भिण्डी, काउली, धनियाँ, सागसब्जीलगायतका खेती गरेका छन् । उनीहरुले आईपिएम प्रविधिबाट तरकारीखेती गरिरहेका छन् ।
जिल्लाका अन्य थुप्रै ठाउँमा पनि विपन्न समुदायहरु तरकारीखेतीबाट आत्मनिर्भर हुँदै गएका छन् । विसं २०७५ देखि आफूहरूले यसरी सामूहिकरूपमा तरकारीखेती शुरु गरेको संस्थाका अध्यक्ष गन्धर्वले बताइन्। उनले ईन्द्रेणी कृषि समूह गठन गरी तरकारीखेती शुरु गरेको जानकारी दिइन्।
यसैबीच बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले महिलाहरुले गरेको तरकारीखेती देखेर आफू निकै प्रभावित भएको बताइन्। उनले महिलाहरुलाई तरकारीखेतीमा आत्मनिर्भर बनाउन आवश्यक पर्ने सिँचाइ, कृषि औजार, बीउ तथा मल लगायतका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले गाउँपालिकाका सिँचाइ सुविधा पुगेका सबै वडामा कृषिको पकेट क्षेत्र बनाउने तयारी गरेको पनि जानकारी दिइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार