पैठारी र चरिचरन अभावले भैँसी लोप हुँदै
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार २२:३:२२
२ फाल्गुण, काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लामा पालिने गड्डी भैँसी पछिल्लो समयमा लोप हुँदै गएका छन् । भैँसीपालन व्यवसायका लागि कुनैबेला नामी मानिएको जिल्लामा भैँसी लोप हुँदै गएका हुन् ।
ठूला सिङ, ठूलो शरीर भएका र सज्जन खालका यी भैँसी पछिल्लो समयमा पूर्णरुपमा लोप हुँदै गएका छन् । गड्डी भैँसी दूध उत्पादनका लागि राम्रो मानिए पनि पछिल्लो समयमा यो जातको भैँसी नै लोप भएका हुन् । भैँसीपालनका लागि धेरै परिश्रम चाहिने भएकाले यसप्रति किसानको आकर्षण घट्दै गएको दशरथचन्द नगरपालिका– २ का सूर्य बोहराको भनाइ छ । किसानले भैँसी नै पाल्न छोडेका र विभिन्न रोगका कारण स्थानीय जातको गड्डी भैँसी लोप भएका हुन् ।
विसं २०५४ तिर बैतडी र दार्चुलामा देखापरेको खरी रोगका कारण गड्डी भैँसी लोप हुने स्थितिमा पुगेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टले बताए। मुर्रा जातको क्रसिङ हुँदा स्थानीय जात नष्ट हुँदै गएको हो । खरी रोगको उपचार लामो समयसम्म गर्नुपर्ने भएकाले किसान दिक्क भएर भैँसी पाल्न नै छोडेका छन् । उनले भने, “भैँसी व्यवसायमा लागेका किसान अन्य व्यवसायमा लागेकाले पनि भैँसी लोप हुने अवस्थामा पुगेको हो ।”
भैँसीपालनका लागि प्रशस्त चरन, आहाललगायतका कुराको कमी हुँदा भैँसीपालन व्यवसाय सङ्कटमा परेको किसान दलजित विष्टले बताए । यस्तै गाउँगाउँबाट भएका भैँसी तराईतिर बिक्री हुन थालेपछि गाउँमा भैँसी पाइन छोडेको विष्टको भनाइ छ । उनले भने, “दलालले गाउँगाउँमा पुगेर सानो पाडादेखि, थार भैँसी मासु प्रयोजनका लागि तराईतिर लग्न थालेपछि भैँसी व्यवसाय सङ्कटमा परेको छ ।”
जङ्गलको विनाश हुँदा भैँसीले आहाल खेल्ने तालसमेत सुक्दै गएका छन् । भैँसीपालन व्यवसायबाटै गुजरा गरिरहेका पनि पछिल्लो समयमा अरु नै पेशा अपनाउन थालेका छन् । पहिला पहिला भैँसी सीको घिउ बेचेर घरखर्च धान्ने रोजगारीका लागि अन्यत्र जान थालेका छन् । कुनैबेला परिवारका लागि लुगाफाटो किन्नुपर्दा अथवा चाडपर्व मनाउने सवालमा पनि भैँसीको घिउले नै गर्जो टार्ने चलन थियो । तर, पछिल्लो समयमा भैँसीपालनमा किसानको आकर्षण घटेपछि भैँसीको घिउ पाउन छोडेको बासुलिङ्गका लालबहादुर पाण्डेले बताए। उनले भने, “पहाडी जिल्लाबाट मासुका लागि थारा भैँसीसमेत व्यापारीले किन्न थालेपछि किसानले भैँसी नै पाल्न छोडेको हो ।”
प्रवद्र्धनमा सरकारीस्तरबाट पहल भएन
भैँसीपालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि सरकारीस्तरबाट पनि पहल नहुँदा समस्या भएको छ । भैँसीपालनप्रति नयाँ पुस्ताको ध्यान कम हुनुले पनि समस्या निम्त्याएको हो । भैँसी नै लोप हुने अवस्थामा पुगेपछि यहाँका स्थानीय तहले प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा किसानले जोड छ । पशुसेवाका कार्यक्रम स्थानीय तहमा भए पनि प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन । यसको रोकथामका लागि कसैको ध्यान नपुगेको आरोप छ । तर, यहाँका स्थानीय तहले भने रोकथामको पहल थालेका छन् ।
सडक सुविधा नजिक भएका ठाउँका भैँसी बढीजसो अन्यत्र पैठारी हुने गरेको भए पनि तर दुर्गम क्षेत्रमा भने पहिलाको भन्दा केहीमात्रामा घटेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदको दाबी छ । उनले भने, “रोकथामका लागि पहल थाल्दा पैठारीमा कमी आएको छ ।” पैठारी रोक्ने उद्देश्यले व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले अनुुदान सहयोग गर्ने गरेको सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताए।
भैँसीको स्याहारसुसारका लागि बढी मिहनेत गर्नुपर्ने र दूधकोसमेत सङ्गठित बजार नहुँदा भैँसीपालन व्यवसाय सङ्कटमा परेको पशु प्राविधिकले जनाएका छन् । कार्यक्रम लागू गरेर किसानको गोेठसुधार, रोगको नियन्त्रणका लागि जुकाको औषधि, बाह्य परजिवीविरुद्धको खोप र खरीरोगविरुद्धको औषधि निःशुल्क प्रदान गर्नुपर्ने, किसानलाई पोसिलो घाँस उत्पादनमा उत्प्रेरित गर्ने र त्यसका लागि घासको बीउ र बेर्ना सित्तैमा उपलब्ध गराउनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार