क्यान इन्फोटेक मेला शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_WGBOGtnLBS.jpeg
)
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार २२:४५:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/can-infotech_792GW91eIC.jpg)
२ फाल्गुण, काठमाडौं । कम्युटर एशोसिएशन अफ नेपाल क्यान महासङ्घले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक २०२० इन एशोसिएशन विथ वल्र्डलिङ्क’ आजदेखि शुरु भएको छ ।
भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा छ दिनसम्म सञ्चालन हुने मेलामा १८६ व्यासायिक स्टल रहने क्यान महासङ्घका महासचिव नारायण थापाले जानकारी दिए । यो मेलामा हरेक वर्ष करीब चार लाखले अवलोकन गर्ने गरेका छन् । सन् १९९२ देखि क्यान मेला हुँदै आएको छ ।
यसपटकको क्यान इन्फोटेकको प्रमुख विशेषता इन्नोभेशन एक्स्पोजर रहने छ । यसअन्तर्गत स्टार्ट अप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ उत्पादनको प्रदर्शनी गर्ने छन् । रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतियोगिता पनि आयोजना गरिनेछ । विभिन्न अन्तरराष्ट्रिय मोबाइल कम्पनीले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री वितरण गर्ने जनाइएको छ । मेलामा इन्फोटेकमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवसर्किङ, मोबाइल फोन तथा सोलुुशन, विद्युतीय सुरक्षा आदिबारे प्रदर्शनी हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार