हात्तीको आक्रमणबाट एकको मृत्यु
नेपालबहस संवाददाता
फागुन २, २०७६ शनिबार १:१२:५२
२ फाल्गुण, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा जङ्गली हात्ती रोनाल्डोको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा रत्ननगर–७ बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रत्ननगर नगरपालिका–७ सौराहास्थित हात्ती प्रजनन केन्द्र नजीक खोरसोर संरक्षित जङ्गलमा भैँसी चराउन जाने क्रममा तामाङलाई हात्तीले आक्रमण गर्दा उनको आज घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जसँगैको संरक्षित जङ्गलमा जान सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दागर्दै ती वृद्ध उक्त ठाउँमा गएका थिए । रोनाल्डो नामको जङ्गली हात्तीले उनलाई आक्रमण गरेको घिमिरेले जानकारी दिए। रोनाल्डो, धु्रवेलगायत जङ्गली हात्ती निकुञ्जमा आक्रामक मानिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार