औद्योगिक क्षेत्रको विकास गरेर सुदूरपश्चिमको मुहार फेर्छौं : मुख्यमन्त्री भट्ट
नेपालबहस संवाददाता
फागुन २, २०७६ शनिबार १:३०:५६
२ फाल्गुण, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषिसँगै औद्योगिक क्षेत्रको पर्याप्त विकास गरेर सुदूरपश्चिम प्रदेशको मुहार फेरिने बताएका छन् ।
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज आयोजना गरिएको गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री भट्टले ठूला उद्योग तथा कृषि कार्यक्रम सञ्चालन गरी यहाँका नागरिकलाई प्रत्यक्ष रोजगारी दिने योजना सरकारले अगाडि बढाएको बताए । उनले भने, “प्रदेश सरकारले स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी दिने तथा आयस्रोत बढाउने खालका योजना ल्याएको छ, उक्त कार्यक्रमले यहाँका गरिखाने वर्गलाई प्रत्यक्ष सहयोग मिल्ने छ ।”
मुख्यमन्त्री भट्टले कृषि क्रान्तिलाई सफल पार्न सुदूरपश्चिममा औद्योगिक प्रवद्र्धन अत्यावश्यक रहेको बताउँदै विषेशगरी कामका लागि भारत जाने सुदूरपश्चिमवासीको बाध्यता हटाउनका लागि भए पनि हामी औद्योगिक क्षेत्रको विकास गर्न लागिपरेका छौँ, अब काम खोज्न भारत जाने परम्परा अन्त्य गर्नेछौँ उनले भने।
उनले प्रदेश भित्रका सम्भावित ठूला जलविद्युत् आयोजनाहरुको निर्माणका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने र साना योजना स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा निर्माण गर्न प्रदेश सरकार लागिपरेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार