महिनौँदेखि ठेकेदार सम्पर्कविहीन, कालोपत्रको काम अलपत्र
नेपालबहस संवाददाता
फागुन ३, २०७६ शनिबार १८:८:४२
३ फागुन डोटी । सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ ।
दिपायल सेतीनदीको पक्की पुलदेखि एयरपोर्ट जोड्ने एक हजार १०० मिटर लम्बाइको उक्त सडक कालोपत्रका लागि धनगढीको देवसिंह निर्माण सेवासँग सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरले ठेक्का स्वीकृत गरेको थियो । सडक कालोपत्र नहुँदा उक्त सडक सामान्य पानी पर्दा हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुँदै आएको छ ।
उक्त सडक दिपायल हुँदै मौवा मेल्लेकसहित बझाङ जिल्ला जोड्ने सडक हो । सडक कालोपत्र नहुँदा सडकभरि निकै ठूला खाल्डाखुल्डी परेका कारण दुर्घटना हुनसक्ने भन्दै स्थानीयवासी चिन्तित भएका छन् ।
भ्याटसहित रु एक करोड ४९ लाख ३० हजार ९३२ ठेक्का स्वीकृत भएर विसं २०७४ कात्तिक २० गते सडक कालोपत्र गर्ने सम्झौता भए पनि उक्त निर्माण सेवाका निर्माण व्यवसायी सम्पर्कमा नआउँदा कालोपत्रको काम अलपत्र परेको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय दिपायल राजपुरका सव–इञ्जिीनियर अभिषेक मलासीले बताए । “निर्माण कम्पनीलाई २०७६ कात्तिक १९ सम्म गरी दुई वर्षको निर्माण सम्झौता अवधि थियो ।
त्यो सकिएको तीन महिना नाघिसकेको छ”, उनले भने, “सम्पर्कमा आउन बारम्बार पत्राचार गर्दासमेत ठेकेदार सम्पर्कमा नआउँदा काम अलपत्र परेको हो ।” ठेक्का सम्झोता भएको लामो समय बितिसक्दासमेत सडक कालोपत्र नहुँदा स्थानीयवासी निकै आक्रोशित भएका छन् ।
ठेकेदारको लापरवाहीका कारण फराकिलो र सफा सडक देख्ने आश गरेका स्थानीयवासी सडक कालोपत्र नहुँदा निकै निरास भएको स्थानीयवासी लालबहादुर कठायतले बताए । उनले भने, “काम नगर्ने ठेकेदारले किन ठेक्का लिनु, ठेकेदारको लापरवाहीले नागरिकलाई सास्ती किन दिने ।” ठेकेदार कम्पनीका दुईजना साझेदारबीचमा आपसी ‘लेनदेन’ को विवादले काम सञ्चालन हुन नसकेको स्थानीयवासीको आरोप छ ।
देवसिंह निर्माण सेवाको फर्म प्रयोग गरेर बाजुरका ठेकेदार हर्कबहादुर शाह र भूपेन्द्रसिंह धामीले एकापसमा सहकार्य गरी काम गर्ने सहमति भएको र पछि एकापसमा मेलमिलाप नभएका कारण यहाँको कालोपत्रको काम अलपत्र छोडिएको भन्ने सुनिँदै आएको अर्का स्थानीयवासी नैनसिंह कठायतले बताए । उनले भने, “ठेकेदारबीचमै आपसी मेलमिलाप नहुँदा कालोपत्रको काम अलपत्र परेको सुनिँदैछ, काम नगर्नेलाई कारवाही हुनुपर्छ ।” सडक कालोपत्र गर्ने भन्दै उक्त योजनामा ठेकेदार कम्पनीले रु ३१ लाख पेश्की लिइसकेको कार्यालयले जनाएको छ ।
कालोपत्र गर्ने ठेक्का पाएको निर्माण कम्पनी अबको १५ दिनमा सम्पर्कमा आएर काम सञ्चालन नगरे सम्झौता गरिएको ठेक्का तोडिने सव–इञ्जिनीयर मलासीले बताए । उनले भने, “निर्माण व्यवसायी १५ दिनभित्रमा सम्पर्कमा आएर काम नगरे ठेक्का सम्झौता तोडेर नयाँ बोलपत्र आह्वान गरिने छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार