यूएसटीआरको निर्णयले अमेरिका र ईयूबीचको व्यापार विवाद बढ्ने
नेपालबहस संवाददाता
फागुन ४, २०७६ आइतबार १३:४२:४३
४ फागुन एजेन्सी । यूरोपेली यूनियन (ईयू) मा निर्माण हुने विमानहरूको आयातमा करवृद्धि गर्ने संयुक्त राज्य अमेरिकाको निर्णयले वासिङ्टन र ईयूबीचको व्यापार विवाद अझ बढाउने एअरबसले शनिबार बताएको छ ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय (यूएसटीआर)को निर्णयले अमेरिका र ईयूबीचको व्यापार तनावलाई अझ बढाउनेछ र यसबाट विमानको अभाव खेपिरहेका अमेरिकी एअरलाइन्स कम्पनीहरूलाई थप सङ्कटमा धकेल्नेछ,” युरोपेली विमान निर्माताले एक विज्ञप्ति जारी गर्दै अमेरिकी निर्णयप्रति चासो व्यक्त गरेको छ ।
यो निर्णयले अमेरिकी एयरलाइन्सले गरेका धेरै प्रस्तावलाई विमान कम्पनीले मान्न सम्भव छैन । फलतः अमेरिकी हवाई यात्रु र अमेरिकी कम्पनीले नै बढाइएको शुल्क तिर्नु पर्ने हुन्छ , अमेरिकी पछिल्लो निर्णयले यसै तथ्यलाई उजागर गर्छ ।” यूएसटीआरले शुक्रबार एक सूचना जारी गर्दै आगामी मार्च १८ देखि लागू हुने गरी एअरबसका विमान अमेरिकामा आयात गर्दा लाग्ने करमा १० प्रतिशतबाट पाँच प्रतिशत थप कर बढाई १५ प्रतिशत बनाउने घोषणा गरेको जानकारी दिएको थियो ।
एअरबसले भनेको छ, “यो नयाँ अमेरिकी निर्णयले एअरबस र अमेरिकाबीच यस पहिले छलफलमा रहेका बिषयको समाधानभन्दा समस्यालाई थप जटिलतातर्फ धकेल्नेछ । यो निर्णय पश्चातापपूर्ण रहनेछ ।” यद्यपि कम्पनीले अमेरिकी निर्णयलाई वार्ताका माध्यमबाट निकास निकाल्न आफूले प्रयास जारी राख्ने बताएको छ ।
अमेरिका र इयूबीच विगत १५ वर्षदेखि विमानमा छुटका लागि बहस चलिरहेको छ । विश्व व्यापार संगठन (डब्लुटीओ) को आग्रहलाई मान्न अस्वीकार गरेको दुबै पक्षले एक आपसमा आरोप लगाउँदै आएका छन् जसका कारण उनीहरूले समस्याको समाधान निकाल्न सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार