खाडा बस्तीमा आगलागीबाट जलेका घर पुनःनिर्माण सम्पन्न
नेपालबहस संवाददाता
फागुन ४, २०७६ आइतबार २०:४८:३४
४ फागुन काठमाडौं । गत वर्षको पुस ८ गते राति भएको आगलागीबाट जलेको खाडा बस्तीका २६ घरको पुनःनिर्माण सम्पन्न भएका छन् ।
प्रदेश सरकार र विभिन्न स्थानीय तहको सहयोगमा २६ घर पुनःनिर्माण गर्ने काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए।
आगलागीले खरानी भएको खाडामा भूकम्प प्रतिरोधी घर बनेपछि खाडाका स्थानीय खुसी भएका छन् । आगलागीले खरानी भएको खाडा वस्तीको स्वरुप नै बदलिएको छ । आपूmहरुले छिमेकीको घरमा आश्रय लिएर एक वर्ष बिताएपछि अव नमूना घरमा बस्न पाउने भएकाले निकै खुसी लागेको स्थानीयवासी विष्णुऋषी न्यौपानेले बताए।
गाउँपालिका अध्यक्ष बमले प्रदेश सरकारको सहयोगमा बनेका २६ वटा नमूना घर निर्माण सम्पन्न भएर जनयुद्ध दिवसका अवसर पारेर पीडितलाई हस्तान्तरण गरिएको बताए । उनले खाडामा जलेका ३२ घरमध्ये छ जनाको परिवार तराइतिर बसाई सरेर गएकाले २६ वटा परिवारको लागि मात्र घर निर्माण गरिएको उनको भनाइ छ । खाडामा नमूना बस्ती निर्माणका लागि गाँउपालिकाको निर्माण कार्यदलमा आवद्ध १०० जना युवा र अन्य क्षेत्रबाट ३० जना मिस्त्री लगाएर बस्ती पुनःनिर्माणको काम पूरा गरेको अध्यक्ष बमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार