यूकेमा हावाहुरीसँगै अविरल वर्षा, सर्तकता अपनाउन सुझाव
नेपालबहस संवाददाता
फागुन ४, २०७६ सोमबार ०:८:३१
४ फागुन एजेन्सी । यूकेमा निरन्तर अविरल वर्षा र तीव्र गतिको हावाहुरीका कारण जनजिवन अस्तव्यस्त भएको छ । निरन्तर रुपमा बर्षा हुँदा दक्षिणी वेल्समा ‘रातो सङ्केत’को चेतावनी जारी गरिएको छ।
नदीहरूमा जलस्तर बढ्न थालेपछि यूकेभर ३०० वटाभन्दा बढी बाढीको चेतावनी जारी गरिएको छ। आइतवार रातिसम्मका लागि ‘रातो सङ्केत’ ले जनाउने उच्च जोखिमको चेतावनी जारी गरिएको वेल्समा अग्निनियन्त्रकहरूले मानिसहरूको उद्धार गरेका छन्।
स्कटल्यान्डमा बाढीले बगाएको एउटा गाडीबाट दुईजनाको उद्धार गरिएको छ। सन् २०१५ को डिसेम्बर २६ तारिख पछि यूकेमा यो स्तरको चेतावनी जारी गरिएको यो पहिलोपटक हो। सो चेतावनीले मानिसहरूलाई खतरनाक मौसमबाट बच्न र सकेसम्म यात्रा नगर्न सुझाव दिन्छ।
यसैबीच इङ्गल्यान्डमा दुई, वेल्समा दुई र स्कटल्यान्डमा तीन गरी सातवटा खतरनाक बाढीको चेतावनी पनि जारी गरिएको छ। शनिवार १४६ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको यूकेको मौसम कार्यालयले जनाएको छ। त्यस्तै वेल्समा १४२ मिलिलिटर वर्षा भएको छ।
यातायातमन्त्री ग्रान्ट शाप्सले स्काईन्यूजलाई यो मौसमसँग जुझ्न सरकारले काम गरिरहेको बताएका छन्। उनले अगामी वर्षसम्मका लागि यस्तो कार्यका लागि २.४ अर्ब पाउन्ड ६ वर्षे योजनामा राखिएकोमा आगामी वर्ष अर्को ६ वर्षका लागि त्यसलाई ४ अर्ब बनाइने बताए। यूकेभर सडक, रेल यातायात र वायुसेवामा प्रभाव परेको छ।
आइतवार बिहान १७० उडान रद्द हुँदा कम्तीमा २५,००० यात्रुलाई असर परेको बताइएको छ। वेल्स, स्कटल्यान्ड र इङ्गल्यान्डमा केही रेल सेवाहरू बन्द गरिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार