गलकोटमा अन्तराष्ट्रिय मूर्तिकारको जमघट
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १४:३६:८
५ फगुन, काठमाडौं । बागलुङको गलकोटमा आयोजना हुने अन्तर्राष्ट्रिय मूर्तिकार कार्यशालाका सहभागी कलाकार त्यहाँ पुगेका छन् । जुन इचिरो सुगीमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), ट लिन लि जेन (ताइवान) जुली ग्ल्यास्पी (क्यानडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल) ,जर्जलुइज (ब्राजिल) र ल्युड्मेल (युक्रेन) कार्यशालामा भाग लिन बागलुङ पुगेको जनाइएको छ । नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिने छन् ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलसहित कालिका भगवती गुठी व्यवस्थापन समिति, जिल्ला प्रशासन र गलकोट क्षेत्रका बासिन्दाले कालिका मन्दिर परिसरमा कलाकारलाई स्वागत गरे । समितिका अध्यक्ष राजु खड्काले कलाकारलाई भजनकृतनसहित कालिका मन्दिर परिसर घुमाएका थिए ।
आजदेखि गलकोट नगरपालिका–५ टेउवामा कार्यशाला शुरु हुँदैछ । सहभागिकलाकारले फागनु २१ गतेसम्म टेउवामा बसेर मूर्ति कुद्ने छन् । विशेष गरी मानव जीवनका लागि उपयोगी, इतिहास र संस्कृतिसम्बन्धी मूर्ति कुँदिने योजना बनाइएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले जानकारी दिए ।
गलकोट ऐतिहासिक कोट भित्र रहेको छ । त्यहाँको धेरै इतिहास र कलासमेत रहेको बताइन्छ । कलालाई पुनर्जागरण गर्ने, विदेशमा भएका कतिपय कलाकारिता र मानवीय संवेदनासँग जोडिएका मूर्ति कुद्ने काम कार्यशालामा हुने छन् । यसका लागि पाँचदेखि १० टनसम्मका ठूला ढुङ्गा लगेर राखिएको छ । ती ढुङ्गालाई तलमाथि चलाउनका लागि डोजरको प्रयोग गरिनेछ । मूर्तिका लागि कलाकारबाट विषय छनोट गरिसकिएको हो ।
कलाकारले मूर्ति कुद्ने ढुङ्गामा त्यही देशको झण्डासमेत राखिएको छ । उनीहरुले दुई सातासम्म त्यही बसेर मूर्ति कुद्ने छन् । यसरी कुँदिएको मूर्तिलाई रक गार्डेनका रुपमा विकास गरिनेछ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएको घुम्टे जाने बाटैमा पर्ने भएकाले टेउवा आर्कषक विश्रामस्थल पनि हुनेछ ।
“प्रतिष्ठानले गरेको अभियान निकै महत्वपूर्ण छ, हामीले पनि साथ र सहयोग गर्छौं”, गलकोट नगरप्रमुख भरत शर्मा गैरेले भने, “नगरपालिकाको पर्यटन पूर्वाधार तथा प्रवद्र्धनात्मक कामलाई प्रतिष्ठानले थप सहयोग गरेको छ ।” सो अभियानका लागि नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । झण्डै डेढ करोड खर्च हुने सो कार्यशालाबाट वर्षेनी त्यत्तिकै आम्दानी गर्न सकिने गन्तव्य बन्न सक्ने जनाइएको छ ।
गलकोट पुरानो सदरमुकाम पनि हो । विदेशी पाहुना स्वागतका लागि हरिचौर बजार र टेउवालाई चिटिक्क पारिएको स्थानीय मन्जेसबम मल्लले जानकारी दिए । “विदेशीलाई सामान्य घर र होटलमा राख्नुभन्दा टेउवामै टेन्ट राखेर सेवा सुविधासमेत दिई राख्ने व्यवस्था गरिएको छ”, उनले भने, “गलकोटको दृश्यावलोकन गर्ने अवसर पनि उनीहरुलाई हुनेछ ।” टेउवामा स्थानीयले जग्गासमेत दिएका छन् । ढुङ्गाको मूर्ति कुँदिएकाले वर्षौंसम्म नबिग्रने र सयौँ वर्षपछि पनि अध्ययन केन्द्रको रुपमा रहने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार