ललितपुरमा विज्ञान तथा गणित प्रदर्शनी
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १६:५०:२२
५ फागुन, काठमाडौं । ललितपुर महानगरपालिका त्यागलस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ । विद्यालय प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा उक्त विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले तयार गरेका सिर्जनात्मक सामग्री प्रदर्शनीमा राखिएका थिए ।
प्रदर्शनीमा हाइड्रोलिक डोजर, भ्याकुम क्लिनर, सोलर सिस्टम, चेन्ज अफ सिजन, बायोग्याँस प्रोडक्शन, भोल्कानो, सोलर सिस्टम, रिफ्लेक्सन अफ लाइट, म्याथ गेम, इन्भाइरोमेन्टल ब्यालेन्स, इलेक्ट्रिक बेल, वाटर इकोसिस्टम, ल्याण्ड इकोसिस्टम, साइन्स हाउस, एयर अकुपाइज् स्पेस, वाटर पम्पलगायतका सामग्रीको कक्ष समावेश रहेका थिए । विद्यार्थीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिकरुपमा उतार्न प्रेरित गरिएको साइन्स टिचर एशोसिएशन अफ नेपालका केन्द्रीय उपाध्यक्ष जयप्रकाश श्रीवास्तवले जानकारी दिए ।
उक्त सिर्जनात्मक सामग्री विद्यार्थीले स्थानीय सामग्रीको प्रयोगबाट तयार गरेका हुन् । उक्त प्रदर्शनीको पूर्वविज्ञानमन्त्री गणेश साहलगायतका विशिष्ट व्यक्तिले अवलोकन गरेका थिए। विद्यार्थीको सक्रियता बढाउन र सिर्जनशील बनाउन वार्षिकोत्सवको अवसर पारेर प्रधानाध्यापक राजेन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए। वार्षिकोत्सवका अवसरमा विद्यालयले बाल साहित्य महोत्सवको समेत आयोजना गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार