मुक्तिनाथ विकास बैंक : श्रेणी विकास बैंक , प्रतिष्पर्धा वाणिज्य बैंकसँग
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
फागुन ६, २०७६ मंगलबार १६:४५:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/muktinath-bikas-bank-bharat-dhakal_DuWqrl8L2P.jpg)
५ फाल्गुण, काठमाडौं । “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ” भन्ने यूरोपियन अमेरिकी समाजको जस्तो आधुनिक अवधारण बोकेको मुक्तिनाथ विकास बैंकले स्थापनाकालदेखि नै लगातार प्रगतिको बाटो समात्न सफल भएको छ ।
वि.सं २०६३ साल पुसमा स्याङ्जा जिल्लाका लब्ध प्रतिष्ठित उधोगी व्यवसायी र समाजसेवीहरु मिलेर खोलेको यो बैंकलाई यहाँसम्म ल्याईपुर्याउन स्थापनाकालदेखिका सीईओ भरतराज ढकालको महत्वपूर्ण योगदान रहेको छ । हाल बैंकको सञ्चालक समिति अध्यक्ष समेत रहेका ढकालले क्षेत्रीय स्तरको यस बैंकलाई राष्ट्रिय स्तरको विकास बैंक मात्र बनाएनन्, देशका चर्चित बाणिज्य बैंकहरु सँग चुक्ता पुँजी, मुनाफा र व्यवसायमा प्रतिस्पर्धी बनाउन पनि सफल भएका छन् ।
यस बैंकले ग्रामिण क्षेत्रमा लघुवित्तमार्फत तल्लोतहको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउदै आएको छ । कुषि क्षेत्रमा लगानी होस् वा आधुनिक बैंकिङ क्षेत्रले अंगालेका नविनतम् प्रविधिका वचत,मुद्धति खाता र कर्जा प्रवाहको माध्यामद्धारा दिन दुगुना फड्को मादै आएको छ । राज्यले अख्तियार गरेको विभिन्न नीति निर्देशनलाई समेत अनुशरण गर्दै आएको मुक्तिनाथ विकास बैंक रास्ट्रिय स्तरको विकास बैंक भएपनि वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्ने र निकट भविष्यमा ८ अर्ब चुक्ता पुर्याएर वाणिज्य बैंक बन्ने बहस बजारमा चल्दै आएकाे छ ।
चुक्ता पुँजी, मुनाफा र व्यापारलाई हेर्दा मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्न सुरु गरेको देखिन्छ। प्रत्येक वर्ष लाभांश दिँदा बोनस शेयरलाई प्राथमिकतामा राखेको र बेला बेलामा थोरै-थोरै हकप्रद शेयरको कारणले गर्दा मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्ने लक्ष्यमा रहेको प्रस्ट देखिन्छ।
मुक्तिनाथ विकास सञ्चालक समिति
बैंक संचालक समितिको अध्यक्षमा भरतराज ढकाल रहेका छन् । त्यस्तै अन्य संचालक सदस्यहरुमा गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ, शालिग्राम मिश्र र निर्मला कुमारी के.सी. कार्की रहेका छन् ।
बैंकका ठुला शेयरधनी:
२०७६ असार मसान्तसम्मको तथ्याङ्क हेर्दा ० दशमलव ५ प्रतिशत भद्ना धेरै स्वामित्व रहेका ३१ जना शेयरधनी रहेका छन् । जसमध्ये मीनप्रसाद गुरुङको नाममा ७ लाख ७५ हजार कित्ता शेयर रहेको छ।
मुक्तिनाथ विकास बैंकका ठुला १० शेयरधनीको नाम :
मुक्तिनाथ विकास बैंकको उच्च व्यवस्थापन :
यसैगरि बैंकको उच्च व्यवस्थापनमा युवा बैंकर प्रद्युमान पोखरेल सीईओको रुपमा कार्यरत छन् । त्यस्तै समिरशेखर बज्राचार्य नायव सीईओको रुपमा कार्यरत छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा तिलबहादुर गुरुङ र गोविन्दबहादुर राउत पनि कार्यरत रहेका छन् ।
लाभांशको ईतिहास:
मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष ०७५/७६ को साधारण सभा यही मंसिर ३० गते गरेको थियो । विकास बैंकले आफ्नो १३ औं वार्षिक साधारणसभामार्फत शेयरधनीहरुलाई १७ दशमलव ६० प्रतिशत बोनस शेयर र ० दशमलव ९३ प्रतिशत नगद लाभांश दिएको थियो ।
विकास बैंकले आर्थिक वर्ष ०७४/७५ मा १८ दशमलव २५ प्रतिशत बोनस शेयर र ० दशमलव ९६ प्रतिशत नगद लाभांश दिएको थियो। लाभांशको ईतिहास हेर्दा बैंकले प्रत्यक वर्ष बोनस शेयरलाई मात्र प्राथमिकतामा राख्दै अघि बढेको देखिन्छ।
कस्तो आयो दोश्रो त्रैमासकाे वित्तीय प्रतिवेदन ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले ४७ करोड २५ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ४२ करोड ९८ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा १० प्रतिशतले वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा राम्रो वृद्धि :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ९१ करोड ९१ लाख खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ०९ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा २० प्रतिशतको वृद्धि भएको छ ।
त्यस्तै, संचालन मुनाफा ९ प्रतिशतले वृद्धि हुँदै ६७ करोड ४९ लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले ६२ करोड ११ लाख संचालन मुनाफा गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले दोश्रो त्रैमासमा ९ करोड ७१ लाख कर्जा जोखिम शिर्षकमा व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ८ करोड ९२ लाख सो शिर्षकमा व्यवस्थापन गरेको छ ।
प्रतिशेयर आम्दानी २० रुपैयाँ माथि :
कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैया ८५ पैसा हुन् आउछ ।
नोट : प्रतिशेयर आम्दानी गणना गर्दा खुद मुनाफालाई शेयर संख्याले भाग गरेर गणना गरिएको छ । कम्पनीको प्रकाशित प्रतिशेयर आम्दानी २२ रुपैया १३ पैसा रहेको छ।
नोट : फाल्गुण ४ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १२८ रुपैयाँ ४७ पैसा आउँछ ।
निक्षेप कर्जामा कस्तो ?
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४८ अर्ब २३ करोड निक्षेप संकलन गरी ४५ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १६ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १९ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफा दुवै बढ्यो :
जगेडा कोष १८ प्रतिशतले वृद्धि हुँदै ७९ करोड ९८ लाख पुगेको छ भने संचित मुनाफा ४८ प्रतिशतले कम हुँदै ३६ करोड ७३ लाख पुगेको छ ।
निस्क्रिय कर्जा निकै कम :
कम्पनीको खराब कर्जा शुन्य दशमलव ११ प्रतिशत रहेको छ । मुक्तिनाथ विकास बैंक न्यून खराब कर्जा हुने वित्तीय संस्थमा पर्दछ। आक्रामक रुपमा कर्जा प्रवाह गर्दा पनि बैंकले खराब कर्जालाई एकदमै न्यून राख्न सफल भएको छ, सो कुरा बैंक व्यवस्थापनको सफलताको रुपमा लिन सकिन्छ।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही थोरै घट्दै ११ दशमलव १८ प्रतिशत पुगेको छ।
स्प्रेडदर ५ प्रतिशत भन्दा माथि :
व्याजदर अन्तर ५ दशमलव ६६ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ६ दशमलव ०६ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १४ गुणा :
कम्पनीको फाल्गुण ४ गतेको बजार मूल्य ३२१ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १४ दशमलव ६९ गुणा आउँछ ।
निष्कर्ष : विकास बैंक भएपनि मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंकसँग टक्कर लिदै आएको छ। दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले आफ्नो व्यापार व्यवसाय विस्तार गर्दै आएको छ, निक्षेप संकलन १६ प्रतिशतले वृद्धि भएको छ भने कर्जा अप्रवाह १९ प्रतिशतले वृद्धि भएको छ। हकप्रद शेयर निस्काशन पश्चात पनि कम्पनीले प्रतिशेयर आम्दानीलाई २० प्रतिशत भन्दा माथि राख्न सफल भएको छ।
बैंकको ५ वर्षको निक्षेप, कर्जा र खुद मुनाफाको तथ्यांक:
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ । – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार