बागलुङमा जीर्ण सडक स्तरोन्नति
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १७:५२:२१
५ फागुन, काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा रु सात लाखको लागतमा जीर्ण ग्रामीण सडक स्तरोन्नति गरिएको छ । झण्डै चार किलोमिटर जीर्ण ग्रामीण सडक सुधार गरी पाँच मिटर चौडा पारिएको छ ।
बर्खाको समयमा यातयातका साधन सञ्चालन गर्न मिल्ने गरी कच्ची नालीसहित सडकको स्तरोन्नति गरिएको गाउँपालिकाले जनाएको छ । पाँच वर्षअघि खनेको कुकुरकाटे, आरिमपाटा, दामगाडे र पीपलडाँडा जीर्ण सडकमा सवारी आवतजावतमा समस्या भएको भन्दै सडक सुधार गरिएको गाउँपािलकाका अध्यक्ष अम्मर थापाले जानकारी दिए ।
गाउँपालिकाको रु ६ लाख तथा स्थानीयवासीको रु ६८ हजार जनश्रमदान गरी उक्त सडकलाई एक मिटरको कच्ची नालीसहित पाँच मिटर सडक चौडा गरिएको कुकुरकाटे, आरिमपाटा, दामगाडे र पीपलडाँडा सडम निर्माण समितिका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार पाँच मिटर चौडा सडकमा आवश्यकताअनुसार ग्याविन तथा ढुङ्गाको सोलिङ गरिएको छ । “गाउँमा कम्तीमा १२ महिना यातयात सञ्चालन गर्न सडक सुधार गरिएको छ”, कार्कीले भने, “सडक सुधारसँगै यात्रुलाई सहज भएको छ ।”
विकासको पहिलो आधार सडक भएका कारण वडा कार्यालय भित्रका सबै सडकलाई १२ महिनै चल्ने गरी स्तरोन्नति गर्ने योजनाका साथ लागेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । “हामीले गाउँपालिकाले विनियोजन गरेको बजेटबाट कच्ची नालीसहितको सडकको सुधार गरेका हौँ”, लामिछानेले भने । उक्त सडकबाट चार गाउँका सय घरधुरी लाभान्वित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार