छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १८:४२:३५
५ फागुन काठमाडौं । काठमाडौं, पाँचथर र रुपन्देहीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । काठमाडौं, नागार्जुन नगरपालिका-६ स्वयम्भु हाईट गुम्बास्थित सडकमा बा.६५ प ६०१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक तनहुँ भानु नगरपालिका.२ घर भई हाल बुढानिलकण्ठ बस्ने ३० वर्षीय प्रदिप गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो ।
पाँचथर, कुम्मायक गाउँपालिका-३ जयराम घाटस्थित सडकमा आइतबार दिउँसो लु.३ त ४९६२ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय आश बहादुर लिम्बु ट्याक्टरबाट खस्न गई मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका लिम्बुको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका-५ नयाँमिलस्थित सडकमा लु.१ च ३८२६ नम्बरको बलेरो गाडी आइतबार दिउँसो अनियन्त्रित भई लु.१९ प ५३७३ नम्बरको मोटरसाइकलाई ठक्कर दिएर दुर्घटना हुँदा बलेरो चालक दाङ राप्ती गाउँपालिका-५ पहरुवा बस्ने २५ वर्षीय आस कुमार चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु
मंसिर २६, २०८१ बुधबार
अटो दुर्घटनामा बालिकाको मृत्यु, चारजना घाइते
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार