फुटपाथ व्यवसायीले गर्दा पैदल यात्रु समस्य
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार २०:२९:५८
५ फागुन, काठमाडौं । नेपालगञ्जका अधिकांश सडकपेटी पैदल यात्रुमैत्री छैनन् । जोखिम मोलेर यात्रुले मुख्य सडकबाटै हिड्नुपर्ने बाध्यता छ । निर्माण भएका सडकपेटीमा व्यवसायीले सामान राखेर हिँड्नै नमिल्ने बनाउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको प्रभावकारी ध्यान जान सकेको छैन ।
नेपालगञ्जको मुख्य बजारका रूपमा रहेको त्रिभुवन चोक, सदरलाइन, बागेश्वरी मन्दिर क्षेत्र नयाँ सडक र सुर्खेतरोडमै यस्तो समस्या बढी देखिएको छ । सदरलाइन, त्रिभुवन चोक, बागेश्वरी मन्दिर आसपासको सडकपेटी ज्यादै साघुँरो छ । दुई पैदलयात्रु क्रस हुन मुस्किल पर्ने गरेको छ । त्यसैमाथि स्थानीय व्यवसायीले सडकपेटीमै पसल राख्ने गरेपछि झनै समस्या बढेको छ ।
विपरीत दिशाबाट आउँदै गरेकालाई पालो दिएरमात्रै आफू अघि बढ्ने संरचना छन् । बाटो काट्न र गन्तव्य पुग्ने संरचना मापदण्डअनुसार नहुँदा सवारी चालकले पनि दिनहुँ समस्या झेल्नुपर्ने बाध्यता रहेको सवारी चालक ईश्वरी शर्मा बताउछन् । सडक मापदण्ड, २०७० अनुसार १५ मिनेटमा सडकपेटीमा पाँचसय पैदल यात्रु हिँड्ने भएमा एक दशमलब पाँच मिटरको चौडाइ भएको फुटपाथको व्यवस्था गरिनुपर्ने प्रावधान छ ।
एक हजार पाँच सयसम्म पैदल यात्रु हिँड्ने भएमा दुई मिटर र २५ सयसम्म यात्रु हिँड्ने भएमा साढे दुई मिटरको हुनुपर्छ । पैतीस सयसम्म यात्रुको ओहोरदोहोर हुने सडकपेटीको चौडाइ तीन मिटरको हुनुपर्छ । तर, नेपालगञ्जमा यस्तो मापदण्डअनुसार सडकपेटी बनेका छैनन् । बनाउनेतर्फ पनि कसैले चासो देखाएका छैनन् । सदरलाइन, पासाङ ल्हामुमार्ग, फुलटेक्रा जाने सडकमा त प्रभावकारी सडकपेटी नै छैन ।
भएका पनि अतिक्रमणमा परेर पैदल यात्रुले हिँड्न त के हेर्नसमेत नसकिने अवस्थामा छन् । अधिकांश पेटी साँघुरा भएकाले एक जनासमेत हिँड्न मिल्दैन । पछिल्लो समयममा स्तरोन्नति गरिएको सुर्खेतरोडमा समेत व्यवसायीले अतिक्रमण बढाएका छन् । “मापदण्डअनुसार सडकपेटी नभएको सत्य हो”, उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल भन्छन्, “सडक विस्तार गर्दा सवारी गुड्ने संरचनालाई प्राथमिकतामा दिँदा समस्या बढ्न थालेको हो ।”
उनका अनुसार बढ्दो जनघनत्वले नेपालगञ्जमा यस्तो समस्या आएको हो । सडकपेटीमा यात्रुले पहिलो प्राथमिकता पाउनुपर्ने भए पनि विद्युत् र टेलिफोनका पोलसँगै बोट विरूवा रोप्दा समस्या बढ्ने गरेको छ । सडकपेटी ओगटेर मोटरसाइकल र सवारी पार्किङ गर्ने र सार्वजनिक सेवा प्रदायक निकायले सवारी पार्किङको सुविधा उपलब्ध नगराउँदा समस्या बढिरहेको छ । बेमौसमी रूपमा उपमहानगरपालिकाले सडकपेटी खाली गर्न लगाए पनि दीर्घकालीन समस्या समाधान भने हुन सकेको देखिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार