झापाका गाउँगाउँमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार २३:१५:२२
सुरेन्द्र भण्डारी
५ फागुन, सुरुङ्गा । ज्येष्ठ नागरिकको हक हितका लागि झापाका गाउँगाउँमा स्थानीय तह र प्रदेश सरकारको सहयोगमा ‘ज्येष्ठ नागरिक सामुदायिक भवन’ निर्माण भइरहेका छन् ।
बाह्रदशी गाउँपालिका–१ भागुडुब्बामा प्रदेश सरकारको सहयोगमा अहिले रु एक करोड ३६ लाख ६५ हजारको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण भइरहेको बाह्रदशी गाउँपालिका–१ का वडाध्यक्ष शंभूसिंह राजवंशीले बताए । भवन यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न हुन्छ अध्यक्ष राजवंशीले भने ।
“गाउँघरमा रहेका ज्येष्ठ नागरिकलाई भेला गर्दै उनीहरुलाई भजन कीर्तनमा सहभागी गराएर सधैँ मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सामुदायिक भवन निर्माण गरेका हौँ” अध्यक्ष राजवंशीले भने, “यहाँ वडाकै सहयोगमा धार्मिकसभा सम्मेलन हुन्छ, जिल्लाभरिका ज्येष्ठ नागरिकलाई भेला गर्दै धार्मिक प्रवचन, महायज्ञ, पुराना अनुभव साटासाट, गीता, रामायण, महाभारत जस्ता धार्मिक पुस्तकको पाठ गराउँदै वृद्धवृद्धालाई सधैँ खुशी राख्न प्रयत्न गराउँछौँ ।”
उनले दुईतले भवनको तल्लो तहमा सभाहलसहित किचन, डाइनिङ र माथिल्लो तलामा चारवटा कोठा गेष्ट रुम बनाइन्छ भने । “धार्मिकसभा सम्मेलनमा आएका गेष्टलाई त्यहीँ बस्ने वातावरण मिलाउने र सामुदायिक भवनमै खानाको समेत प्रबन्ध गर्दै गाउँपालिकाकै पहिलो र नमूना ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण गरिनेछ”, उनले भने, “सामुदायिक भवन भित्र प्रवेश गरेपछि वृद्धवृद्धाले छुट्टै आनन्द महसुस गर्नेछन् ।” अध्यक्ष राजवंशीले ज्येष्ठ नागरिक ज्यूँदा भगवान हुन् उनीहरुको सम्मान गर्दै ज्येष्ठ नागरिकको ज्ञान यही सामुदायिक भवनबाट युवा पुस्तामा आदन प्रदान गर्ने व्यवस्था मिलाउने बताए।
स्थानीय दाता पद्म थापा र पूर्णमाया थापाले एक एक कठ्ठा जमिन निःशुल्क प्रदान गरेपछि सामुदायिक भवन निर्माण थालिएको हो उनले भने । यता मुष्टिदानबाट रु दुई करोड सङ्कलन गर्दै सहारा नेपाल सहकारी संस्थाले झापाका विभिन्न सात स्थानमा ज्येष्ठ नागरिक चौतारी निर्माण गरेको छ भने आठवटा निर्माणाधीन अवस्थामा रहेको सहकारीका ज्येष्ठ नागरिक व्यवस्थापन उपसमितिका संयोजक दिलीप शर्माले बताए ।
शर्माका अनुसार बुधबारेको होक्से, कन्काई नगरपालिकाको लक्ष्मीपुर, घैलाडुब्बा, कालीमुढा, मेचीनगरको बाहुनडाँगीस्थित भृकुटी र बाह्रदशीको चकचकीमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक चौतारी निर्माण भएका छन् । जहाँ त्यस क्षेत्रमा रहेका ज्येष्ठ नागरिक हरेक शनिबार जमघट हुँदै भजन–कीर्तन, नाचगान, सङ्गीनी, बालन खेल्दै दौतरीसँग भलाकुसारी र मनोरञ्जन गर्दै दिन बिताउने गरेका छन् ।
सहारा नेपाल सहकारी संस्थाको अगुवाईमा अहिले झापाका दश स्थानमा थप ज्येष्ठ नागरिक भवन निर्माण भइरहेका छन् । कनकाई नगरपालिकाको जामुनबारी, वुद्धशान्तिको ४, ६ र ७ मा त्यस्तै विर्तामोड नगरपालिकाको ७ र ८ नम्बर वडा, झापा गाउँपालिकाको शरणामतीमा ज्येष्ठ नागरिक भवन निर्माण भइरहेको शर्माले बताए ।
भवन निर्माणका लागि सहारा नेपालका शेयर सदस्यले प्रत्येक दिन मुष्टिदान स्वरुप एक रुपैयाँ प्रदान गर्दै आएका छन् । सहकारीमा आवद्ध शेयर सदस्यले ज्येष्ठ नागरिकको सम्मान स्वरुप प्रत्येक दिन एक÷एक रुपैयाँ प्रदान गर्ने र वर्षमा ३६५ रुपैयाँ सहयोग गर्दा एक करोड रुपैयाँ रकम सङ्कलन हुँदोरहेछ त्यही पैसाले झापाका विभिन्न स्थानमा ज्येष्ठ नागरिक चौतारी निर्माण भएको र भइरहेका छन् शर्माले भने । गत वर्ष पनि एक करोड रुपैयाँ सङ्कलन भएको थियो सोही पैसाले सामुदायिक भवन निर्माण भएको हो उनले भने ।
गतवर्षबाट थालिएको यो अभियान प्रभावकारी भएपछि यो वर्ष पनि निरन्तरता दिइएको बताइएको छ । ज्येष्ठ नागरिक चौतारी निर्माणका लागि स्थानीयपालिका र ज्येष्ठ नागरिक सङ्घले समेत सहयोग पु¥याउँदै आएको छ भने स्थानीय दाताले समेत सहयोग गर्दै आएका छन् ।
“प्रत्येक ज्येष्ठ नागरिक चौतारी निर्माणका लागि सहाराका सदस्यले मुष्टिदान स्वरुप प्रदान गरेको एक एक रुपैयाँ लगानी रहन्छ”, उनले भने, “यो वर्ष पनि कोषमा एक करोड रुपैयाँ रकम सङ्कलन भएको छ । हामी दश ठाउँमा भवन बनाउँदैछौँ ।” प्रत्येक चौतारी निर्माणका लागि सहकारीका तर्फबाट दश लाख रुपैयाँ र स्थानीय पालिका तथा सहयोगी दाताबाट आठदेखि दश लाख रुपैयाँ जुटाएर झण्डै २० लाख रुपैयाँमा सुविधासम्पन्न ज्येष्ठ नागरिक चौतारी निर्माण हुन्छ ।”
यो वर्ष आठवटा चौतारी निर्माणका लागि काम शुरु भएको र दुई वटा सम्झौताका चरणमा रहेको शर्माको भनाइ छ । उनका अनुसार सहकारीले निर्माण गर्ने ज्येष्ठ नागरिक चौतारी ६०÷३० फिटको हुन्छन् । टिनको छानो र ट्रसद्वारा चौतारी निर्माण गरिन्छ, शर्माले भने, ज्येष्ठ नागरिक चौतारीमा फ्री वाइफाइसहित सबै बाजागाजाका सामान हुन्छन् । पुस्तक पढ्नेका लागि पुस्तक पनि राखिएको हुन्छ ।
ज्येष्ठ नागरिकहरुका लागि कतिपय स्थानमा खानपानको समेत व्यवस्था गरिएको हुन्छ । “शनिबार बिहान १० बजेदेखि नै ज्येष्ठ नागरिकहरु भेला हुन्छन्”, उनले भने, “कतिपय ज्येष्ठ नागरिकहरु घरमा एक्लो महसुस गरिरहेका हुन्छन् तर, दौतरी भेटेपछि खुलेर बोलेको, हाँसेको देख्दा बेग्लै आनन्द हुन्छ ।” यसअघि बुधबारे, बाह्रदशीको चकचकी र कनकाईको लक्ष्मीपुरमा निर्माण गरिएको ज्येष्ठ नागरिक चौतरीका लागि १०÷१० लाख रुपैयाँ सहकारीले सहयोग गरेको छ ।
त्यस्तै कनकाईको घैलाडुब्बा, कालीमुढा, बाहुनडाँगीमा निर्माण भएका ज्येष्ठ नागरिक भवनका लागि साढे आठ लाख रुपैयाँ सहकारीले सहयोग गरेको छ । प्रत्येक चौतारी निर्माणका लागि १५ लाखभन्दा बढी रकम खर्च भएको शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार