शेयरबजारको आजको बृद्धि यसकारण छ सकारात्मक, अबको गन्तब्यमा कहाँ निर छ अवरोध ?
आर्थिक संवाददाता
फागुन ५, २०७६ मंगलबार ०:२१:४५
५ फाल्गुण, काठमाडाैं । आज दोश्रो बजारमा निकै ठुलो चहलपहल देखिएको थियो । बजारमा दोहोरो अंकको वृद्धिसँगै बजारमा कारोवार रकम पनि २ अर्ब ६८ करोड पुगेको छ । आज दोश्रो बजारमा ३४ दशमलव २६ अंकको वृद्धि देखिएको छ ।
दोश्रो बजार २ दशमलव ५१ प्रतिशतले वृद्धि हुँदै १३९८ दशमलव २४ को विन्दुमा बन्द भएको छ । धेरै समयदेखि वाणिज्य बैंकमा ठुलो वृद्धि नदेखिएकोमा आज भने वाणिज्य बैंकको शेयरमा उछाल आउँदा बजारले माथिल्लो दिशा समातेको थियो । बजारमा अण्डर भ्यालूड मानिएको वाणिज्य बैंक उपसुचकमा आएको वृद्धिलाई सकारात्मक रुपमा लिन सकिने जानकार बताउँछन ।
आज सबैभन्दा धेरै ट्रेडिङ्ग उपसुचकमा वृद्धि देखिएको थियो । ट्रेडिङ्ग उपसुचकमा ४ दशमलव ९८ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै वाणिज्य बैंकको उपसुचकमा ३ दशमलव ५८ प्रतिशतको वृद्धि देखिएको छ । आज सबै उपसुचकमा वृद्धि देखिएको छ ।
आज बजारको न्यून विन्दु र खुला विन्दु एउटै रहेको छ । आज बजारले २ बजेर १५ मिनेटमा १४०३ दशमलव २१ को उच्च विन्दु समातेको थियो । आज पनि बजारले बुलिश प्रवृत्ति बनाएको देखिन्छ । आज बजार १४०० को मनोवैज्ञानिक अवरोधलाई तोडेर फेरी १४०० मुनी बन्द भएको छ ।
आज सर्वाधिक कारोवार हुने, कमाउने र गुमाउने कम्पनीहरु:
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १४०४ पहिलो टेवा : १३८०
- नेप्सेले १३६० को मुख्य प्रतिरोधलाई तोडेपछि बजार आज पनि बढेको छ । कारोबार रकमले आज बजारमा खरिदकर्ताको चाप अत्याधिक मात्रामा रहेको जानकारी गराएको छ ।
- आजको बजारले “बुलिस” मैनबत्तीको चित्र बनाएको छ । यसले बजारमा माग बढेको जानकारी गराउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ७५ दशमलब ४५ को बिन्दुमा छ। यो अक्सिलेटरले बजारमा शेयर बढी खरिद हुन थालेको जनाएको छ ।
- “एडिएक्स” सामान्य रहेको छ भने जोड र बेजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा खरिदकर्ताको चाप रहेको जानकारी गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्ति सकारात्मक रहेको जनाएको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १४०४ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३८० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार