नेपालको एकदिवसीय बरियतामा सुधार
नेपालबहस संवाददाता
फागुन ५, २०७६ मंगलबार १:४३:८
५ फागुन काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् ‘आइसिसी’को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा नेपाल १७औँ स्थानमा थियो ।
हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग दुईमा आफ्नो प्रदर्शनमा सुधार गरेका कारण एक स्थान माथि उक्लिन सफल भएको हो । लिग दुईमा नेपालले अमेरिकासितको दुवै खेल जितेको थियो । ओमानसितको दुवै खेलमा भने नेपाल पराजित भएको थियो ।
नयाँ बरियताअनुसार नामिबिया, युनाइटेड अरब इमिरेटस् ‘युएई’, अमेरिका र पपुवा न्युगिनी नेपालभन्दा पछाडि रहेका छन् । बरियताअनुसार शीर्ष स्थानमा बेलायत रहेको छ । दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।
आइसीसी विश्व टी २० बरियतामा भने नेपाल १२औँ स्थानमा यथावत छ । व्यक्तिगततर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले आफ्नो बरियतामा सुधार गरेका छन् भने पारस खड्का यथावत अवस्थामा छन् । बलिङमा सन्दिप ८४औँ स्थानमा छन् । यसअघि उनी ८५औँ स्थानमा थिए । यसअघि ७५औँ स्थानमा रहेका करन ७४औँ स्थानमा पुगेका छन् ।
यस्तै अलराउण्डरतर्फ पारस २७औँ स्थानमा यथावत छन् । ब्याटिङतर्फ पारस ६२औँ स्थानमा यथावत छन् । समोपाल कामी पनि ६५औँ स्थानमा यथावत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार