महाशिवरात्रिकोलागि पर्यटन मन्त्रीको अध्यक्षतामा १११ सदस्यीय मूल समिति
नेपालबहस संवाददाता
फागुन ५, २०७६ मंगलबार २:१८:३०
५ फागुन, काठमाडौं । गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न रु २४ लाख बजेट विनियोजन गरेको छ ।
संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइ स्वरुप दक्षिणाको व्यवस्थाको जिम्मेवारी पूरा गर्दै आएको छ । पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने परम्परा रहेको संस्थान गोश्वारा कार्यालय पशुपतिका प्रमुख उमा आचार्यले जानकारी दिए।
साधुसन्त आआफ्नो सम्प्रदाय अनुसारका अखडामा बस्ने गरेका छन्। दुई हजारभन्दा बढी साधु सन्त पशुपतिमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । फागुन ७ गते एकादशीदेखि साधुसन्त पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने संस्थानले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै साधुसन्त बस्न पाउने परम्परा छ ।
साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा पनि रही आएको छ । यस वर्ष एकादशीका दिन बिहान सवा दश बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गर्नुहुने कार्यक्रम तय भएको पनि संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख आचार्यले बताए । सङ्कल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणा हुन्छ । सङ्कल्प गरिएको सामग्री मूल साधुलाई दिइने गरिएको छ । यस वर्षको मूल साधु पनि एकादशीकै दिन तय हुने संस्थानले जनाएको छ ।
यसबाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गर्छ । कोष स्थापना हुनुअघि संस्थानले सबै व्यवस्था गर्ने गरेको थियो । प्रत्येक वर्ष महाशिवरात्रिमा पशुपतिमा भक्तजनको सङ्ख्या बढ्न थालेपछि स्थापनासँगै कोषले पनि साधुसन्तका लागि धुनी, खाना र बिदाइमा बजेट विनियोजन गर्न थालेको हो ।
पशुपति–माइतीघर मण्डला शोभायात्रा
कोषले यस वर्षको महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाउँदै छ । महाशिवरात्रि मनाउन कोष सञ्चालक परिषद् अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
समितिअन्तर्गत ११ उपसमिति पनि गठन भएको छ । यसवर्ष महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन मङ्गलबार बिहान पशुपतिबाट तिलगङ्गा–एयरपोर्ट–तीनकुने–नयाँबानेश्वर–बिजुलीबजार हुँदै बबरमहलबाट माइतीघर मण्डलासम्म शोभायात्रा निकाल्न लागिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिए ।
शोभा यात्रामा मूल समारोह समितिको अध्यक्ष रहेका मन्त्री भट्टराई, सांसदलगायतको सहभागी हुनेछ । बिहान ७ः३० बजे शुरु हुने शोभायात्रामा सहभागी हुन कोषले भक्तजनमा आह्वान गरेको छ । यात्रामा सांस्कृतिक झाँकीसहित महाशिवरात्रि र नेपाल भ्रमण वर्षको समेत प्रचारप्रसार गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार