दाह्री पालेको र नकाब लगाएकोमा चीनमा उइगरहरू थुनिए
नेपालबहस संवाददाता
फागुन ६, २०७६ मंगलबार १४:३३:३९
६ फागुन एजेन्सी । चीनले हजारौँ मुस्लिमहरूको भविष्य निर्धारण गर्न उनीहरूलाई शिविरहरूमा राखेको विषयबारे निकै सशक्त दृष्टिकोण दिने एउटा दस्तावेज बीबीसीले हेरेको छ । पश्चिमी क्षेत्र सिन्जियाङका ३,००० भन्दा बढी व्यक्तिका विवरणहरू सूचीकृत गर्दै त्यसले मानिसहरूको दैनिक जीवनका अति व्यक्तिगत कुराहरू पनि समेटेको छ ।
सावधानीपूर्वक तयार पारिएको १३७ पृष्ठको दस्ताबेजमा मानिसहरूले कसरी प्रार्थना गर्छन, कस्तो लुगा लगाउँछन, कोसँग सम्पर्क राख्छन् र उनीहरूका परिवारका सदस्यले कस्तो व्यवहार गर्छन् भन्नेसम्मका विवरण समेटिएका छन्। आतङ्कवाद र धार्मिक अतिवादसँग लडिरहेको भन्दै चीनले कुनै गलत काम नगरेको बताउने गरेको छ ।
यो दस्ताबेज सिन्जियाङस्थित त्यही स्रोतले व्यक्तिगत रूपमा ठूलो जोखिम मोल्दै चुहावट गरेको हुनुपर्छ जुन स्रोतले गत वर्ष निकै संवेदनशील दस्तावेजहरू बाहिर ल्याएको थियो। सिन्जियाङमा चिनियाँ नीति बारेका अग्रणी विज्ञमध्येका एक वाशिङ्टनस्थित भिक्टिम्स अफ कम्युनिज्म मेमोरिअल फाउन्डेशनसँग आबद्ध डा. एन्ड्रिआन जेन्ज चुहावट गरिएको पछिल्लो दस्ताबेज वास्तविक भएको विश्वास गर्छन् । चिनियाँ अधिकारीहरूले गत वर्षको मे महिनामा बीबीसीलाई भ्रमण गराएका शिविरमध्ये त्यो एउटा हो ।
बीबीसीको टोलीले ल्याएका धेरै प्रमाणहरूलाई नयाँ दस्ताबेजले पुष्टि गरेको छ, त्यसमा समावेश गरिएका मानिसहरूको गोपनीयता कायम राख्न प्रकाशनका लागि केही सम्पादन गरिएको छ । तीन सय ११ जना व्यक्तिमाथि चलाइएको अनुसन्धानका विस्तृत विवरण त्यसमा छ । त्यसमा उनीहरूको पृष्ठभूमि, धार्मिक चालचलन तथा सयौँ आफन्त, छिमेकी र साथीहरूसँगको सम्बन्धबारे विवरण रहेका छन् ।
अन्तिम कोलममा निर्णय लेखिएका छन् जसमा पुनर्शिक्षण शिविरहरूमा रहेका व्यक्तिहरूलाई छाड्नुपर्छ वा राखिराख्नुपर्छ र रिहा गरिसकिएका मानिसहरूलाई फर्काउन आवश्यक छ वा छैन भनिएको छ । ती शिविरहरू नितान्त रूपमा विद्यालय हुन् भन्ने चिनियाँ दाबीसँग यो प्रमाण सीधै विरोधाभासपूर्ण छ । पछिल्लो दस्तावेजको समीक्षा र पुष्टि गर्ने एउटा लेखमा जेन्जले चिनियाँ प्रणालीको वास्तविक उद्देश्यबारे त्यसले निकै गहिरो बुझाइ प्रदान गरेको भनेका छन् ।
पाँच सय ९८ औँ लहरमा पहिलो नाम हेल्सेम भएकी एउटी ३८ वर्षीया महिलाको मुद्दा छ जसलाई एउटा प्रमुख कारणले पुनर्शिक्षण शिविरमा पठाइरहेको छ र त्यसमा लेखिएको छ केही वर्षअघि उनले नकाब लगाएकी थिइन् । नुरमेमेत नाम गरेका २८ वर्षीय पुरुषबारे २३९ औँ लहरमा उल्लेख गरिएको छ र उनलाई पुनर्शिक्षण शिविर पठाइनुको कारण एउटा वेबलिङ्कमा क्लिक गरेर असावधानीवश एउटा विदेशी वेबसाइटमा पुग्छन् । एक ६५ वर्षीय पुरुष युसुपबारे १७९ औँ, ३१५ औँ र ३४५ औँ लहरमा लेखाजोखा गरिएको छ । बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार