क्रिकेटबाट सन्न्यास लिएका शक्ति र प्रशिक्षक जङ्गलाई रुपन्देहीमा सम्मान
नेपालबहस संवाददाता
फागुन ६, २०७६ मंगलबार १५:११:५६
६ फागुन लुम्बिनी । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ । विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न एभरेष्ट प्रिमियर लिग ‘इपीएल’ समापनलगत्तै राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट पनि सन्न्यास लिएको घोषणा गरेका थिए । दायाँहाते ब्याट्सम्यान तथा लेग स्पिन बलर गौचनले नेपालको तर्फबाट लगातार १८ वर्षसम्म क्रिकेट खेलेका थिए।
नवौँ अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेल खेलेका गौचनले प्रतियोगिताबाट सन्न्यास लिएसँगै रुपन्देहीको पडसरीमा क्रिकेट एकेडेमी सञ्चालन गर्दै आएका छन् । गौचनलाई सोमबार सिद्धार्थ रङ्गशालामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । उनलाई नगदसहित सम्मानपत्रले प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेले सम्मान गरेका हुन् । गौचनसहित क्रिकेटका अन्तर्राष्ट्रिय प्रशिक्षक जङ्गबहादुर थापालाई पनि पुरस्कृत गरिएको छ ।
भैरहवास्थित सिद्धार्थ रङ्गशालामा सम्पन्न चौथो साई ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि वितरण समारोहमा क्रिकेटका पूर्वचर्चित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो । क्रिकेट खेलमा शक्ति र जङ्गबहादुरको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजक साइ ग्लोबल एकेडेमीका अध्यक्ष हरिबहादुर थापाले बताए ।
यसैबीच चौथो साइ ग्लोबल टी–ट्वान्टी अन्तरकलेज जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७६ को उपाधि लीलाराम मावि भैरहवाको टोलीले जितेको छ । लीलारामले आयोजक साइ ग्लोबललाई २ विकेटले हराउँदै उपाधि हात पारेको हो । क्रिकेट प्रतियोगिता जितेसँगै उक्त टोलीले रु ५० हजारसहित ट्रफी एवं मेडल प्राप्त गरेको प्रतियोगिताका मुख्य व्यवस्थापक वासुदेव थापाले बताए ।
प्रतियोगितामा म्यान अफ दि म्याच लीलाराम माविका खेलाडी पुरुषोत्तम भट्टराई, बेस्ट ब्याट्सम्यान काशी नोबल एकेडेमीका खेलाडी शङ्कर राना, बेस्ट बलर साइ ग्लोबलका खेलाडी मिर्नाल गुरुङ, म्यान अफ दी सिरिज लीलारामका खेलाडी दुर्गेश गुप्ता र बेस्ट प्लेयरको उपाधि साइ ग्लोबलका शाहब आलमले प्राप्त गरेको खेल संयोजक लक्ष्मण ज्ञवालीले राससलाई बताए। गत माघ २० गतेबाट शुरु भएको प्रतियोगितामा रुपन्देहीका विभिन्न कलेजका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार